काठमाडौं १२ भदौ
देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ ।विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।
परिषदले उपत्यकाका विद्यालय बन्द गर्नको लागि ४१ सदस्यीय समिति समेत गठन गरेको छ । ताला लगाउन बाँकी विद्यालयमा पनि ताला लगाउने क्रम जारी रहेको छ । ताला लगाउँदा त्यसबाट सिर्जना हुने समस्याको जिम्मेवारी सरकारले लिनुपर्ने परिषदको भनाइ छ ।
सामुदायिक विद्यालय कर्मचारीहरु गत भदौ १ गतेदेखि तलबमा विभेद गरेको भन्दै आन्दोलित हुँदै आएका छन् ।




