• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

बर्तालुले तीजमा के खाने ? के नखाने ? यस्तो छ चिकित्सकको सुझाव


  •   सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ, १२ भदौ

    Advertisement

    चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् । तीजमा महिला अनिवार्य व्रत बस्छन् र व्रत बस्दा भोक नलागोस् भन्ने उद्देश्यले राति उठेर दरखाने चलन छ ।

    तीज प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा महिला भगवान् शिवको आराधना गर्दै केही निरहार र केही फलहार व्रत बस्ने गर्छन् । व्रतअघि छिटो भोक नलागोस् भनी गरिष्ठ र अपाच्य भोजन गर्ने चलन छ । जो स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

    “भोक नलाग्दै पटकपटक खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ”, चिकित्सक प्रदिप चालिसे भन्नुहुन्छ । हिजोआज तीज आउनुपूर्व नै गरिष्ठ भोजन गर्ने प्रचलन बढ्दै गएको छ । मीठो मसिनो खाने अवसरका रुपमा धेरै चिल्लो पदार्थ प्राप्त हुने माछा, मासु तथा अन्य बजारमा पाइने अखाद्य मिठाइ एवं पेयपदार्थ स्वास्थ्यका लागि लाभदायक छैन । चिकित्सक भूषण श्रेष्ठ तीजमा अस्वस्थ र अपाच्य खाना नभइ ताजा दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी र दुग्धजन्य पदार्थ अवलम्बन गर्नु स्वास्थ्यका लागि हितकार हुने बताउनुहुन्छ ।

    प्राचीन हिन्दू नारीले तीजमा वर्षदिनभर साचेर राखेका बास्नादार चामल–मालभोग, कालोमसिनो, बास्मती, मनसुली, बुढोसुवालगायतका जातका चामल र दूध मिसाएर तयार पारिने खिर तथा ढकनी खाने चलन थियो । अहिले ताजा, दूध तथा दूधबाट तयार पारिने खिर एवं ढकनी खाने चलन क्रमशः कम हुँदै गए पनि गाँउघरमा अझै पनि खिर खान नै बढी रुचाउँछन् । त्यसैले बजारमा अघिपछिको भन्दा धेरै दूधको माग भएको छ ।

    विश्वमा खिर खाने प्रचलन १४औँ शताव्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुआत छिमेकी मुलुक चीनबाट भएको अनुमान छ । हाल खिर विश्वका प्रायःजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बङ्गालादेशमा पायस, श्रीलङ्कार्मा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ ।

    खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढीमात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइन्छ । खिर एक स्वस्थ्यकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यकपर्ने सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुनाले खिर उपयोगी सिद्ध भएको छ । खिर दूधबाट तयार पारिने पदार्थ हो । तीजमा खिर खाने चलन भएकाले बजारमा दूधको अभाव हुने भएको दुग्ध विकास संस्थानका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    संस्थानले उपत्यकामा प्रतिदिन ७० हजार लिटर दूध, पाँच हजार लिटर दही बिक्री गर्दै आएको छ । तीजको आसपासमा उपत्यकाका लागि एक लाख १५ हजार लिटर दूधको माग भए पनि संस्थानले ८५ हजार लिटर मात्र उपलब्ध गराउनसक्ने जनाएको छ ।

    नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यस वर्षको तीजमा १५ प्रतिशत दूध पु¥याउन नसक्ने जानकारी दिनुभयो । मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पु¥याउन मुस्किल पर्ने जानकारी दिनुभयो ।

    दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मेपश्चात् आमाले दूध सेवन गराउने सर्वविदितै छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई आवश्यक तत्व पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ हो ।

    नेपालको खाद्य नियमावलीअनुसार (मानक प्रशोधित) दूधमा तीन प्रतिशत चिल्लो, चार दशमलव शून्य सात सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । रासस

    सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.