रौतहट, १४ भदौ
रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा मंगलबार चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको हो ।
मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिनुभयो । सुदनिया र जगिया एउटै परिवारका हुन् ।
चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन् । यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिनुभएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिनुभयो । (रासस)




