काठमाडौं १५ भदौ
एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् । ओलीले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराने कार्यक्रम रहेको बताइएको छ ।
सोही क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले जनाएका छन् ।




