काठमाडौँ १६ भदौ
बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा झरेको छ । नेप्से ०.०५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६६ अंकले घटेर ३ सय ८३ रूपैयाँ ९३ पैसामा झरेको छ ।
कूल २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ करोड ६२ लाख ३२ हजार १ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।




