काठमाडौँ २० भदौ
नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवारका लागि झापा क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ को निर्वाचनमा पनि ओली फराकिलो मतसहित नेपाली कांग्रेसका पदम अधिकारीलाई पराजित गर्दै झापा ५ बाटै विजयी भएका थिए।




