काठमाडौं २३ भदौ
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्।हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेटसँग (क्यान)सँगको कुराकानीमा यस्तो बताएका हुन।
क्यानलाई सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।
यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।




