काठमाडौँ २३ भदौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा छापा मारेको छ । एमबिबिएस अध्ययनरत विद्यार्थीसँग निर्धारण गरिएभन्दा बढी रकम असुलेको भन्दै अख्तियारमा उजुरी परेपछि विश्वविद्यालयमा छापा मारिएको स्रोतले जनाएको छ।
विश्वविद्यालयका विरुद्धमा धेरैवटा उजुरी परेपछि अख्तियारमा टोली काठमाडौं विश्वविद्यालय पुगेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको जनाइएको छ।
यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ।




