एजेन्सी । अनुहारमा घमौराजस्ता सानासाना बिबिरा निस्किएर तपाइँ आत्तिनु भएको त छैन ? अब नआत्तिनुस्, अंग्रेजीमा मिलिया भनिने यी बिबिरा हटाउने घरेलु उपाय छन् ।
स्वस्थ छाला सबैको चाहना हुन्छ तर धेरै पटक हेरचाह नगर्दा हाम्रो छालामा साना सेतो दाग देखा पर्छन् । जसले अनुहारको सौन्दर्यमा असर गर्छ । यस्ता दाना प्रायः आँखा, नाक, गाला वरपर भागमा आउने गर्दछ । यस्ता बिबिरालाई अङ्ग्रेजीमा ‘मिलिया’ भनिन्छ । यसको कुनै खास नेपाली नाम छैन ।
मिलियाका साना दानालाई हटाउन वा निचोर्न सकिँदैन । व्यस्त जीवनशैलीका कारण अनुहारको छालाको राम्रो संग हेरचाह गर्न नसक्दा यी दागहरू पसिना, फंगल, ब्याक्टेरिया र अत्यधिक घामको कारणले हुन सक्छ। यस्तो अवस्थामा छालाको समस्या कम गर्न यी घरेलु उपाय अपनाउन सक्नु हुनेछ ।
एलोभेरा
एलोभेराको प्रयोगले अनुहारमा आउने दागको समस्यालाई कम गर्न सकिन्छ । एलोभेरामा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुण हुन्छ । हरेक रात सुत्नुअघि आफ्नो अनुहारमा एलोभेरा जेल लगाउनुहोस् । यसो गर्नाले अनुहारको पिम्पल वा विभिन्न विमिराहरुबाट छुटकारा पाउन सकिन्छ ।
अनार
मिलियाबाट छुटकारा पाउन अनारको बोक्रा प्रयोग गर्न सकिन्छ। किनभने यसमा एन्टिअक्सिडेन्ट हुन्छ । अनारको बोक्रालाई प्यानमा खैरो नभएसम्म भुट्नुहोस् र त्यसपछि यसलाई पीस्नुहोस् र लेप बनाउनुहोस्। यस लेपलाई कागती वा गुलाबजल मिसाएर पेस्टको रूपमा अनुहारमा लगाउनुहोस् र सुकेपछि अनुहार धुनुहोस्। यसले तपाईलाई धेरै राहत दिनेछ। यसले अनुहारमा निखार ल्याउनुका साथै सेतो दानाबाट पनि छुटकारा पाउँछ ।
चन्दन
चन्दनको तेल पनि अनुहारको पिम्पल कम गर्नको लागि धेरै लाभदायक हुन्छ। अनुहारको कोशिकालाई अक्सिजन दिनुका साथै सेतो दानाबाट पनि मुक्ति मिल्छ । अनुहारमा चन्दनको पेस्ट लगाउनुहोस्, सुक्न दिनुहोस् र सुकेपछि पानीले धुनुहोस्। यसो गर्नाले तपाईको छालामा रहेका पिम्पलहरु बिस्तारै हराएर जानेछ ।
मह
मह छालालाई नरम र जवान बनाउन मात्रै होइन, अनुहारको पिम्पल हटाउन पनि निकै प्रभावकारी हुन्छ । यसमा प्राकृतिक नुन हुन्छ जसले तपाईको छालाको अतिरिक्त तेल पनि हटाउछ। नियमित रूपमा अनुहारमा मह लगाउनुहोस् र छिद्रहरू खोल्नुहोस्। मह र ओट्स स्क्रब अनुहारमा लगाउनाले पनि बिस्तारै कम हुन्छ।




