काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण देशैभरी उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । नवीनखबरसंग कुरागर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई जनता माझ प्रचार गर्न नसक्दा पछि परेको दाबी गरे ।
“यति धेरै भौतिक संरचना बनेका छन्, नेपालीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, यो कांँग्रेसलेनै शुरु गरेको हो ,पौडेलले भने , तर आफूले गरेको विकास जनतामाझ प्रचार गर्र्नै जानेन ।’ कांग्रेसकै कारण तनहुंँमा पनि उल्लेख्य रुपमा विकास भएको उनले दाबी गरे ।
२०४७ सालसम्म नेपालमा पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको तर हरेक जिल्लामा कांग्रेसकै कारण सडक विस्तार र विकास भएको उनले बताए । ‘बाटोमा बाटोघाटोमा ठूलो विकास भएको छ वरिष्ठ नेता पौडेलले भने, त्यतिमात्र होइन शिक्षा, स्वास्थ्य, बाटो ,पुल,खानेपानी विकासमा हाम्रो ठूलो लगानी भएको छ ।’
संविधान निर्माणमा जनताले कांग्रेसको योगदानलाई जनताले बिर्सन नसक्ने बताउँदै उनले भने,‘माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन मेरो पनि ठूलो भूमिका छ ।’
अहिले पनि आफू गठबन्धनलाई सार्थक बनाउन ईमान्दारपुर्वक लागेको बताउंँदै पौडेलले अब उत्पादनमुखी बाटोतिर लाग्नु पर्ने बताए । अबको कृषि उत्पादनमुखी हुनुपर्छ वयबसायहरू रोजगारमुी हुनुपर्छ ।’ पौडेलले भने ।े आधुनिक कृषिमा जोड दिँदै खेतीयोग्य जमीन मासेर घर बनाउने कार्य नगर्न स्थानिय सरकारलाई सुझाव दिए ।
निमुखालाई न्याय र विपन्नलाई आय सृजना गरी देशलाई सुशासन दिने आफ्नो उद्देश्य रहेको भन्दै उनले यसलाई मुर्तरूप दिन पनि आफू राजनीतिमा थप सक्रिय हुंँदै जाने प्रतिबद्धता जनाए ।




