काठमाडौं ३ असोज
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। समानुपातिक सूची तयार गर्न सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ ।
समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।




