• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

समाचार विश्लेषण : गोठाटार गोलीकाण्ड र विगतको बाछिटाले निम्त्याएको मृत्यु


  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ ४ असोज ।

    Advertisement

    हिन्दीमा एउटा भनाइ छ, जैसी करनी वैसी भरनी । अर्थात् जस्तो कर्म गरिन्छ, त्यस्तै फल पाइन्छ । सोमबार साँझ साढे ६ बजेतिर काठमाडौंस्थित कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा भएको गोलीकाण्डले त्यस्तै संकेत गरेको छ । गोली चलाउनेहरु आपराधिक पृष्ठभूमिका भएको र मृत्यु हुने व्यक्तिको विगतको सम्बन्ध उनीहरु वा उनीहरुलाई गोली हान्न पठाउनेहरुसँग प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएको पाइएको प्रहरीको भनाइ छ ।

    काठमाडौं जम्बुडाँडामा गार्मेन्ट व्यवसाय गर्ने सर्लाही गोडैता नगरपालिका–१० का लाल मोहम्मद दर्जी गोली लागेर घाइते भए । टाउकोमा दुई र दाहिने तिघ्रामा दुई गोली लागेका दर्जीलाई शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगंज पु¥याइयो तर राति ९ बजे उनको मृत्यु भयो ।

    सीसीटीभी फुटेजमा देखिएअनुसार दर्जी बा ६ च ५१५२ नम्बरको कारबाट ओर्लनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि उनी गोली छल्न कारको वरिपरि दौडिएका देखिन्छन् । मोटरसाइकलमा आएकामध्ये रातो सर्ट र जिन्स लगाएका एक व्यक्तिले उनलाई कार वरिपरि लखेटीलखेटी गोली प्रहार गरेका छन् ।

    गोली चलेपछि दर्जीकी छोरी सुस्मिता तिवारीले तेस्रो तलामाथिबाट सुरुमा दोस्रो तलाको टिनमा र त्यहाँबाट सोझै भुइँमा हाम फालेर आक्रमणकारीलाई झम्टिन्छिन् । ती ‘सुटर’ आफूसँग आएका अर्का व्यक्तिको मोटरसाइकलमा चढेर भाग्छन् । तिवारीले पाँच सय मिटर जति पिछा गर्छिन् तर भेट्टाउन सक्दिनन् ।

    घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ ।

    उनको हत्यालाई आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ । काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो हत्या प्रकरणमा नजर राखेको छ । यसपछाडिको कारण मोहम्मदको विगतको विवादास्पद पृष्ठभूमि हो ।

    यस्तो छ दर्जीको विगत
    जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । नेपालमा युनुस अन्सारीलाई नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिन्छ । २०६५ सालमा पक्राउ परेपछि उनलाई जेलमै भारतीय ‘सार्प सुटर’ मनमित भाटियाले गोली हानेका थिए । तर संयोगवश उनी बाँचेका थिए ।

    युनुस जेल गएपछि नेपालमा नक्कली नोट कारोबारको ¥याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेको स्रोतको दाबी छ ।

    प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ ।

    जेल बसेर छुटेका थिए लाल मोहम्मद
    त्यसबेला अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘त्यस घटनामा लाल मोहम्मद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’ इल्ताफले पछि अदालतबाट यो घटनामा सफाइ पाएका थिए । लाल मोहम्मदचाहिँ लामो समय जेल बसेर छुटेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार घटनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत संलग्न थिए ।

    विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहम्मदले नेपालमा नक्कली नोट कारोबारको बीचको तहका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को ¥याडरमा परिरहेका थिए ।

    भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो । मोहम्मद जसका लागि काम गर्थे, तिनै व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २०७७ साल साउन २९ गते अपत्यारिलो तरिकाले पक्राउ परेका थिए ।

    प्रहरीको प्रारम्भिक अनुमान
    मृतक दर्जी केही वर्षयता श्रीमती र छोरीसहित गोठाटारमा बस्दै आएका थिए । जम्बुडाँडामा व्यवसाय गर्ने उनले गोठाटारस्थित घरको तेस्रो तला भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट उद्योग चलाउँदै आएका थिए । उनी त्यहीँ बस्थे । गार्मेन्ट व्यवसाय सञ्चालन गरिरहे पनि उनको विगत भने आपराधिक पृष्ठभूमि देखिन्छ । सोही पृष्ठभूमिका कारण उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सोमबार साँझको घटनालाई प्रहरीले २०६४ साल असार २० गते अनामनगरमा भएको हत्याकाण्डसँग जोडिएको प्रारम्भिक अनुमान गरेको छ । मोहम्मदको पृष्ठभूमिकै कोण केलाएर अनुसन्धान भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी रविन्द्र धानुकले जानकारी दिए । प्रहरीले दर्जीमाथि गोली प्रहार गर्ने आक्रमणकारीको खोजी जारी राखेको छ ।

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.