• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

तङ्ग्रिँदै महाकालीपारिको दोधारा चाँदनी


  •   बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
  • दोधारा चाँदनी ५ असोज

    Advertisement

    महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।

    कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् । विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आउनुभएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताउनुभयो । “उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो ।”

    उहाँले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताउनुभयो । “यहाँका बडुवाल टोल र कुतियाकवर अन्धकारमा थिए”, उहाँले भन्नुभयो, “अहिले सबै बस्तीमा बिजुली पुगेको छ, सडकले छोएको छ ।” कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर सदरमुकासँग जोड्न विसं २०६१ मा महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा चाँदनी नेपालसँग जोडिएको हो ।

    त्यसअघि दोधारा चाँदनी पुग्न भारतको बाटो भएर महेन्द्रनगर आउनुपर्र्ने बाध्यता रहेको थियो । दोधारा चाँदनी–३ बडुवाल टोलका मनि क्षेत्रीले पहिलाको तुलनामा अहिले धेरै सहज भएको बताउनुभयो ।“पहिला गाउँमा हात्ती पस्थे, भागौं भनेपनि उज्यालो थिएन”, उहाँले भन्नुभयो, “अहिले बिजुली बत्ती र सडक पुगेको छ यसले धेरै सहज भएको छ ।”

    विसं २०२३ देखि यहाँ बसोबास गरिराख्नुभएका उहाँले स्थानीय सरकार आएपछि जोगबुढा नदीमा बनेको तटबन्धले बाढीको त्रास हटेको बताउनुभयो । “पहिले त यहाँ नेपाली पैसासमेत चल्दैन थियो कारोबार भारतीय पैसामा हुन्थ्यो”, उहाँले भन्नुभयो, “किनमेल औषधोपचार सबै भारतबाट हुने गथ्र्यो ।”

    दोधारा चाँदनी नगरपालिका–४ का सदस्य गगनबहादुर सिंहले स्थानीय सरकार गठन भएपछि दोधारा चाँदनीमा विकासले फड्को मारेको बताउनुभयो । “विगतको तुलनामा दोधारा चाँदनीमा धेरै विकास भएको छ सडक,बिजुलीबत्तीलगायतका सुविधा स्थानीय सरकार आएपछि बनेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह बने यहाँको कायापलट हुन्छ ।”

    महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीको मुहार फेरिएको छ । पुलले यहाँका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ भने यहाँको व्यापार व्यवसायसमेत फष्टाएको स्थानीय बताउँछन् ।

    दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधाराको मुहार नै परिवर्तन गरिदिएको बताउनुभयो । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले गेट नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “महाकाली नदीमा बनेको पुलले दोधारावासीका सुखका दिन आएका छन् ।”

    दोधारा चाँदनी नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले सबै वडालाई सडक सञ्जालले जोडेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले दुई हजार दुई सय ९१ मिटर सडक कालोपत्रे गरेको छ भने नौ हजार चार सय ४० मिटर सडक ग्राभेल गरेको छ । नगरप्रमुख किशोर लिम्बूले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । “सडक, शिक्षा स्वास्थ्य र कृषि नै हाम्रो प्रमुख प्राथमीकतामा छ”, उहाँले भन्नुभयो, “अहिले नयाँ बाटा खोल्ने र सडक कालोपत्र गर्ने काम भइरहेका छन् ।” उहाँले नगरपालिकाकालाई समृद्ध नगर बनाउन आफू प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो ।

    “नगरपालिकाको आन्तरिक आम्दानी न्यून छ, यहाँको बजेटले मात्रै यहाँको विकासका लागि पुग्दैन”, उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेमात्रै यहाँको विकास गर्न सहज हुन्छ ।” उहाँले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरेको बताउनुभयो ।

    कुल क्षेत्रफल ५६.८ वर्गकिलोमिटर फैलिएको यो नगरपालिकालाई टापुको बस्ती भनेर पनि चिनिन्छ । तीनतर्फ जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको यो नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।यहाँ मुख्यरूपमा मकै,धान,गहुँ,मसुर,तोरी,उखुखेती हुने गरेको छ । यहाँका अधिकांश मानिसको आयस्तर कम भएकाले रोजगारीका लागि भारत जाने गरेका छन् ।

    रासस

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.