चितवन । बुधबार देखि परेको अविरल बर्षाका कारण पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ ।
राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेस्टुरेन्ट डुबानमा परेका छन । राप्ती खोलामा वर्षकै ठुलो बाढी आएको होटल हर्मिटेज सौराहाका प्रबन्धक रमेश रेग्मीले जानकारी दिए । बर्षा नरोकिएपछि पर्यटन व्यवसायी चिन्तित समेत बनेका छन । पानी नरोकिए सौराहाका अन्य क्षेत्र समेत डुबानको जोखिम रहेको उनीहरुको भनाई छ ।
हाल सम्म सौराहाको खोला किनारमा रहेका दर्जन भन्दा बढी रेस्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटा भन्दा बढी होटेलमा बाढी पसेको रेग्मीको भनाई छ । कतिपय व्यवसायीहरुलाई सुरक्षित हुन र भौतिक सामाग्री सार्न आग्रह गरिएको छ ।




