तनहुँ, ४ कात्तिक ।
आउंँदो मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशभरका उम्मेदवार भेटघाट र घरदैलो व्यस्त छन् । अहिले सत्तागठबन्धन र अन्य दलहरु चुनावी अभियानमा होमिएका छन् । देशभर चुनावी माहोल तातिएसंँगै उम्मेदवार मतदाता भेट्न घरदैलोमा पुगेका छन् ।
यसै क्रममा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदातासँगको भेटघाटलाई तीब्र बनाएका छन् । केही दिनयता उनको चुनावी सक्रियता निकै बढेको छ ।
काँग्रेसका वरिष्ठ नेता पौडेलले “समृद्ध तनहुँ हाम्रो अभियान” भन्ने नारासहित मतदातालाई भेटेर मत मागिरहेका छन् । आफ्ना केही अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको पौडेलले बताएका छन् । उनले आफू प्रधानमन्त्रीको दौडमा रहेको समेत खुलासा गरिसकेका छन् ।













