• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

राजा महेन्द्रको ‘कू’ पछि कांग्रेसले यसरी गरेको थियो भरतपुर कब्जा


  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
    • श्रीभक्त खनाल –

    १ पुस २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरी शासन सत्ता आफ्नो हातमा लिए। राजाको ‘कू’ पछि अपदस्थ प्रधानमन्त्री बीपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरूलाई पक्राउ गरियो। उनीहरू सुन्दरीजल जेल चलान गरिए। बीपी नेतृत्वको सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर कामविशेषले भारत गएकाले पक्राउ परेनन्।

    Advertisement

    नेपाली कांग्रेसका कार्यकर्तामाथि देशभर धरपकड शुरू भयो। अन्योलमा परेका कार्यकर्तामध्ये कोही स्वदेशमै भूमिगत भए, कोही भारतमा निर्वासित भए।

    चितवनमा पनि धरपकड बढ्न थाल्यो। चितवनबाट कमलकुमार राई र लालध्वज गुरुङ भारत पुगे। त्यसपछि महेश्वरलाल श्रेष्ठ, कृष्णलाल पौडेल, पूर्णबहादुर गुरुङ, दलबहादुर आले, भीमप्रसाद जैसी आदिको समूह भारत पुग्यो।

    पटनामा २०१७ को १२–१४ माघमा नेपाली कांग्रेसका कार्यकर्ताको भेला भयो। नेपालका प्रायः सबै ठाउँका कार्यकर्ता सहभागी त्यो भेलालाई ‘विशेष अधिवेशन’ को रूप दिइयो। बीपी जेल परेकाले अधिवेशनले सुवर्णशमशेरलाई पार्टीको कार्यवाहक अध्यक्ष बनायो। भेलाले राजाले ४५ दिनभित्र संसद् र मन्त्रिमण्डल दुवै पुनःस्थापना गर्नुपर्ने र नगरे सशस्त्र संघर्षमा उत्रिने निर्णय समेत गर्‍यो। संघर्षका लागि सुवर्णशमशेरलाई ‘डिक्टेटरसिप’ प्रदान गरियो। क्रान्तिका लागि वैधानिक रूपमा बाटो खुलाइयो।

    (२०६१ माघमा कांग्रेस कार्यकर्ता महेश्वरलाल श्रेष्ठसँग चितवनमा गरिएको कुराकानी)

    ०००

    भारत पसेका नेपाली कांग्रेसका कार्यकर्ताहरू नेपालमा निर्बाध आउजाउ गर्थे। ६ असार २०१८ मा महेश्वरलाल श्रेष्ठले जागीर खान भारत जाने भनी झुक्याएर नरबहादुर प्रजा र डम्बरसिंह गुरुङलाई बिहारको नरकटियागंजमा पुर्‍याई कांग्रेसको भ्रातृ संगठन ‘मुक्ति सेना’ मा भर्ती गरिदिए। महेश्वरलाल फेरि नेपाल फर्किए र १५ असारमा ६७ जना भूतपूर्व लाहुरे जम्मा पारेर भारत लगे।

    कांग्रेसका कार्यकर्ता सलबलाउन थालेपछि चितवन प्रशासनले भारत जान खोज्ने शंकास्पद व्यक्तिलाई डुंगाबाट नदीको घाट नतार्नू भनी उर्दी जारी गरेको थियो। महेश्वरलालले आफू जिम्दार भएको र आफूसँग भएका व्यक्ति बेसाहा ९सामान० जोहो गर्न भारत जान लागेकाले घाट तारिदिन अनुरोध गरे। रापती नदीको घटगाई नदी तरेर उनीहरू भारत पसे, र नरकटियागंज पुगे। नरकटियागंजमा भारत प्रवासमा बसेका कांग्रेस कार्यकर्ताको राजनीतिक शरणार्थी शिविर थियो, जसको इन्चार्ज तनहुँका बखानसिंह गुरुङ थिए।

    त्यहाँको शिविरमा नेपालभरबाट मानिस थपिँदै गए। उनीहरूलाई बिनाहातहतियार गुरिल्ला तालिम दिइयो। तालिम दिन थालेको नौ महीना जति पछि कलकत्ता ९हाल कोलकाता० बाट क्रान्तिका लागि हतियार आउँदै छ भन्ने सूचना आयो। त्यो खबर सुवर्णशमशेरले पठाएका थिए।

    ०००

    भारतमा रहेर नेपालविरुद्ध लड्न भारतको ‘ग्रीन सिग्नल’ चाहिन्थ्यो। भारतले सुवर्णलाई मौन अनुमति दिए पनि क्रान्ति गर्लान् भनेर पत्याएको थिएन। यद्यपि भारत सरकारले क्रान्तिको समर्थन गरेर सुवर्णलाई कर छुट गरिदिएको थियो। सुवर्णशमशेरको भारतको कोलकातामा रहेको ‘कनक बिल्डिङ’ नामको भवनले वार्षिक झन्डै ५० लाख भारू कर तिर्नुपर्थ्यो, त्यो छुट गरिएको थियो।

    कनक बिल्डिङ ब्रिटिश भारतका भाइसरोयको भवन थियो। अंग्रेजबाट भारत स्वतन्त्र भएपछि त्यो भवन लिलाम हुँदा सुवर्णले किनेका थिए। कनक बिल्डिङभित्र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको कार्यालय थियो।

    नेपाल आउन–जान र भारतभित्रै रेलयात्रा गर्न कांग्रेस कार्यकर्तालाई पैसा लाग्दैनथ्यो। भरतप्रसाद उप्रेती ९धादिङ० सहितका केही व्यक्तिहरूले दस्तखत गरेर कागज बनाइदिन्थे र त्यो देखाएपछि रेलमा निःशुल्क यात्रा गर्न पाइन्थ्यो। कांग्रेसले के गरिरहेको थियो, त्यो भारतलाई थाहा नहुने कुरै भएन। भारत सरकारको मौन समर्थन र सहयोगमै त्यसरी निःशुल्क यात्राको प्रबन्ध मिलेको थियो।

    (२०६१ फागुनमा भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता योगप्रसाद उपाध्यायसँग काठमाडौंमा गरिएको कुराकानी।)

    ०००

    हतियार त उठाउने, तर कहाँ र कुन जिल्लामा भनेर छलफल चल्यो। केही कार्यकर्ताले चितवन सुझाए।

    २०११ सालको साउनरभदौमा आएको भीषण वर्षाले धादिङ, गोर्खा, लमजुङ र मकवानपुरलाई तुलनात्मक रूपमा बढी क्षति पुर्‍यायो। मानिसहरू बाध्यताले चितवन झरे। लाखु ९बाँदर० लाग्ने, पहिरोले घरखेत बगाउने, उत्पादनले वर्ष नधान्ने भएकाले बाग्लुङ आसपासका जिल्लाका मानिस पनि बसाइँसराइ गरेर चितवन आएका थिए।

    चितवनमा औलो उन्मूलनको कार्यक्रम केही वर्षअघि नै शुरू भइसकेको थियो। पहाडबाट झरेका मानिस बसोबासको चाँजोपाँजो मिलाउँदै थिए। सबै कुरा ठीकै  भए पनि स्थानीय साझा दुश्मनमा उखरमाउलो गर्मी र राजाको ‘कू’ थियो।

    अन्ततः क्रान्ति स्थल चितवन टुंगो लाग्यो। चितवनमा आक्रमण गरेर भागेर भारत जान सजिलो भएकाले पनि त्यो ठाउँ रोजिएको थियो।

    ०००

    भारतका विभिन्न स्थानमा सुवर्णशमशेरका घर थिए। कोलकाताको चौरङ्गीमा रहेको घर चाहिँ २५–क्यामेक स्ट्रिटमा थियो। त्यही घरको गेस्ट अपार्टमेन्टको एउटा कोठामा चितवन जिल्लाको नक्शा टाँगियो। नक्शामा कुन ठाउँबाट नेपाल प्रवेश गर्ने, कहाँनेर आक्रमण गर्ने र कसरी भारत पस्ने भन्ने योजना बुनियो। त्यो योजना बनाउनेमा सुवर्णशम्शेर, उनका छोरा कञ्चन, जुद्धशमशेरका छोरा शशी र योगप्रसाद उपाध्याय लगायत ‘कोर ग्रूप’ का केही व्यक्तिहरू थिए।

    आक्रमणमा उत्रिने निर्णय सदर भएपछि भित्तामा रहेको क्यालेन्डरमा गोलो घेरा लगाइयो। घेराभित्र थियो– २६ माघ २०१८।

    सुवर्णशमशेरले भने, ‘उसो भए मिलिटरी एक्सन प्लान बनाउनुपर्‍यो। यसमा भूपू सैनिकहरूको सहयोग चाहिन्छ। तर, पहिला जस्तो नहोस्।’

    सुवर्णशमशेरको त्यसो भन्नुको कारण के थियो भने, यसअघि नै कांग्रेसले नवलपरासीको त्रिवेणी ब्यारेकमा हमला गर्ने योजना बनाएर रेकी गर्न जासूस पनि खटाएको थियो। त्यहाँको नेपाल ब्यांक लिमिटेड कब्जा गर्ने र एक प्लाटुन फौजसँग लड्ने योजना थियो। तर, त्यो योजना त्यसै रद्द भएको थियो।

    सुवर्णको शंका निवारण गर्दै योगप्रसाद उपाध्यायले भने, ‘हैन हैन, यो पालि ठूलो भिडन्त हुन्छ।’

    (२०६१ फागुनमा भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता योगप्रसाद उपाध्यायसँग काठमाडौंमा गरिएको कुराकानी।)

    सशस्त्र संघर्षबारे कांग्रेसका नेता–कार्यकर्तामा फरक बुझाइ थियो। नेताहरू संघर्षमार्फत राजालाई तर्साउन सकिन्छ कि भन्ने सोचमा थिए। उनीहरू थर्काएर वा फकाएर कसरी हुन्छ, राजाको कदम फिर्ता गर्न चाहन्थे। तर, कार्यकर्ता राजासँगै मिलेर जाने होइन, संघर्ष गरेर सत्ता कब्जा गर्ने पक्षमा थिए।

    ०००

    चितवन आक्रमणका लागि पहिलो समूहमा नारायणप्रसाद जोशी, चन्द्रबहादुर शाही, महेश्वरलाल श्रेष्ठ र बुद्धिसागर ढकालको टोली भारतबाट हिंड्यो। २४ माघ २०१८ मा यो टोलीले चितवनको माडीस्थित बघौडा पुलिस चौकीमा आक्रमण गर्‍यो र ९ नाल थ्री नट थ्री राइफल र १४० राउन्ड गोली कब्जा गर्‍यो।

    दोस्रो समूहमा लालध्वज गुरुङ, बुद्धसिंह गुरुङ, कमलकुमार राई र शमशेरबहादुर गुरुङ नेपाल हान्निए। तेस्रो समूहमा मेहेरध्वज अधिकारी, पहलमानसिंह राई, इमानसिंह गुरुङ भित्रिए। चौथो समूहमा हरिप्रसाद गुरुङ, कृष्णप्रसाद न्यौपाने ९गोर्खा०, जगतप्रकाश शाह ९नुवाकोट० लगायत २६ जना थिए।

    कार्यकर्ता चाहिँ कोही समूहमा र कोही आफ्नै हिसाबले आउन थाले। सूर्यभक्त अधिकारी लगायत व्यक्तिहरू भने आफ्नै हिसाबले आए।

    (२०६१ फागुनमा नारायणप्रसाद जोशीसँग चितवनमा गरिएको कुराकानी।)

    आक्रमणपूर्व सबै ठाउँको अवस्था बुझ्न कृष्णप्रसाद बाँस्तोला र अमरबहादुर थापालाई पठाइयो। अमरबहादुर पूर्वसैनिक भएकाले उनले फोर्टिफिकेसनका बारेमा मुक्ति सेनालाई ब्रिफिङ गरे।

    रघुनाथ अधिकारीको टोलीलाई पूर्वी चितवनको बेल्सीमा पर्ने कयर खोलाको र रत्ननगरको लौरीघोलमा रहेको काठेपुल भत्काउने जिम्मा दिइयो। चन्द्रध्वज मल्ललाई नारायणगढ–हेटौंडा खण्डमा पर्ने पुलहरू भत्काउन पठाइयो। मदिराले टिल्ल भएका मल्लले बम त हाने, तर कुनै पनि पुलमा क्षति पुर्‍याउन सकेनन्। उदयनाथ अधिकारीको नेतृत्वमा टाँडी पूर्वको बेल्सीमा रहेको पुल भत्काइयो। टिकौली नजिकको पुल भत्काउन चक्रबहादुर शाही, चन्द्रबहादुर शाही, नारायणप्रसाद श्रेष्ठ आदि खटिए।

    मेघौली र भरतपुर विमानस्थलमा सेनाको जहाज बस्ला भनेर ट्याक्टर लगाएर जोतियो। मेघौली विमानस्थल जोत्न मुक्ति सेनाका ठूलो गजबहादुर तामाङ ९अर्का सानो गजबहादुर गुरुङ पनि थिए० र बुद्धिबल गुरुङलाई पठाइयो।

    २६ माघ २०१८ को बिहान ३ बजे नै चितवनको सदरमुकाम भरतपुरमा रहेको थानामा धावा बोलियो। क्याम्प इन्चार्ज प्रहरी नायब निरीक्षक भरत गुरुङ थिए। उनी लालध्वज गुरुङका नातेदार पर्थे। भरत २००७ सालको क्रान्तिमा होमिएका पूर्वमुक्ति सेना थिए। चितवनका अधिकांश प्रहरी २००७ सालमा कांग्रेसले बनाएको मुक्ति सेनाका लडाकु थिए। मुक्ति सेना प्रहरीमा गाभिएपछि उनीहरू स्वतः प्रहरी भए।

    भरतपुरको थानामा धुइरिएका आक्रमणकारीहरू ‘आत्मसमर्पण गर’ भन्दै कराउन थाले। थानाबाट १८० नाल हतियार कब्जा भयो। अर्को सरकारी कार्यालय ‘गैंडा गस्ती क्याम्प’ को २७ नाल पनि मुक्ति सेनाको पक्षमा आयो। रापतीदुन कार्यालय र रापतीदुन कार्यालयको ‘गेस्ट हाउस’ पनि कब्जा गरियो।

    भरतपुर, चितवनका मुख्य कार्यालय कब्जापछि तनहुँका गोवर्द्धन शर्मा र तनहुँकै बुद्धसिंह रानाले रापतीदुन कार्यालयको गेस्ट हाउसबाट भाषण गरे। लुटेको बन्दुकबाट रानाले रमाइलाका लागि गोली चलाए।

    भरतपुर कब्जा गरिएको खबर काठमाडौं पुग्यो। कब्जाको ४८ घण्टा नबित्दै सैन्य कारबाहीका लागि काठमाडौंबाट बाराको सिमरामा जहाज उतारियो। यस्तै, हेटौंडाबाट गाडीमा सेना चितवनतर्फ लागे। शेर बटालियन, गोरखबहादुर र कालीबहादुर गण चितवन आए। तानसेन, पाल्पा र गोर्खाबाट पनि सेना परिचालन भयो। ब्रिगेडियर जनरल भक्तनरसिंह राणा, मेजर मोहनसिंह महत, वीरगंजका एसपी जगतबहादुर लिम्बू आदि अप्रेसनका लागि खटिएका थिए।

    गेस्ट हाउसमा रहेका नेता–कार्यकर्ताले सेना आएर घेराबन्दी गरेको पत्तो पाएनन्। त्यहाँ रहेका आक्रमणकारीमध्ये कोही कब्जामा परे, कोही मारिए। आक्रमणकारीहरूको भागाभाग भयो।

    ब्रिगेडियर भक्तनरसिंह राणाले वरिपरिका मानिसलाई जबर्जस्ती बटुलेर भाषण गर्दै इमानसिंह गुरुङ, लालध्वज गुरुङ, मेहेरध्वज अधिकारी र महेश्वरलाल श्रेष्ठलाई देशद्रोही घोषणा गरे। अ।त। ९अराष्ट्रिय तत्त्व० मा निकै संलग्न भए बापत भरतपुर काण्डअघि नै महेश्वरलाललाई कम्मरमुनि गोली हान्नू भन्ने आदेश थियो। महेश्वरलालको टाउकाको मूल्य रू।३ लाख तोकियो।

    भरतपुर कब्जाको दुई दिनपछि चितवनको शारदानगरमा रहेका कांग्रेस कार्यकर्ता ग्रिपबहादुर गुरुङ साथीहरूलाई अमेरिकन ‘विलिस जीप’ मा हालेर आफैंले गाडी हाँकेर भरतपुर आउँदै थिए। उनीहरूले सेना परिचालन भएको खबर पाएकै थिएनन्।

    भरतपुर उकालोमा उनीहरूको जीपको टायरमा सेनाले गोली हान्यो। जिपमा रहेका जगतप्रकाशजंग शाह, हरिप्रसाद गुरुङ, शमशेरबहादुर गुरुङ, बुद्धसिंह राना, खेमबहादुर गुरुङ लगायत व्यक्तिहरू २८ माघ २०१८ मा समातिए।

    जगतप्रकाशजंग, बुद्धसिंह, हरिप्रसाद, हरिनाथ, धनबहादुर, सन्त सिंह, शमशेरबहादुर लगायत ११ जनालाई शाही सेनाले डोरीले बाँधेर टिकौलीको जंगलतर्फ लग्यो।

    २९ माघमा टिकौलीतर्फ लगिएकामध्ये जगतप्रकाशजंग बाहेक अरू सबैलाई शाही सेनाले निर्ममतापूर्वक मार्‍यो। जगतप्रकाशजंग शाह राजखलकका थिए। त्यसैले उनलाई के गर्ने भन्नेबारे दरबारमा खबर पठाइयो। राजा महेन्द्रको अनुमति र गृहमन्त्री विश्वबन्धु थापाको निर्देशनपछि उनलाई मारियो। उनलाई माफी माग्न लगाइए पनि माफी मागेनछन्। उनी मारिएको ठाउँमा हाल भरतपुर जिल्ला अस्पताल छ।

    जगतप्रकाशलाई सेनाले खाल्डोमा हुत्याइदिए। उनको दुवै हात काटेर बीभत्स ढंगले हत्या गरे भनिन्छ। उनले लगाएको छालाको ज्याकेट रगत लागेको अवस्थामा जंगलमा भेटिएको गाउँलेले सुनाउँथे। खतराको पर्वाह नगरी उनी भारतबाट चितवन पुगेका थिए। उनी त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाहका बाबु हुन्।

    जगतप्रकाश चितवनमा हुँदा उनकी श्रीमती रश्मिराज्यलक्ष्मी भारतमै थिइन्। रश्मि बालकृष्ण समकी छोरी हुन्। श्रीमान्‌को मृत्यु भएको धेरै लामो समयसम्म पनि उनलाई खबर भनिएन। गुल्मीका काशीनाथ गौतमले ‘हिन्दुस्तान स्टान्डर्ड’ दैनिकमा जगत मारिएको खबर छापिएको कुरा बताइदिए। कोलकाताको बालीगंजस्थित एउटा घरको भुइँतलामा रश्मि बस्थिन्। अहिले ९कुराकानीको भएको बेलाको सन्दर्भ० एभरेष्ट ब्यांकसँग आबद्ध उद्योगपति बी।के। श्रेष्ठ र कांग्रेस नेता योगप्रसाद उपाध्याय पनि त्यही घरमा बस्थे। जगतप्रकाश मारिएको खबर पाएपछि रश्मिले आत्महत्या गरिन्।

    भरतपुर कब्जामा संलग्नहरूलाई शाही सेनाले पछिसम्म खोजी गर्‍यो। भरतपुरबाट उम्किएर भारततर्फ जाने क्रममा रामबहादुर गुरुङलाई बास बसेको ठाउँमा गोली हानी मारियो। त्यतिबेला महेश्वरलाल श्रेष्ठ पनि रामबहादुरकै साथमा थिए।

    भरतपुर घटनामा संलग्न भएको आरोपमा सेनाले ३४ जनाभन्दा बढीलाई समातेर मार्‍यो। मारिनेमा सबैभन्दा कान्छा बुद्धसिंह राना ९२७० थिए। ज्यान गुमाउनेमा हरिप्रसाद गुरुङ, बुद्धसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, जगतप्रकाशजंग शाह, पंचे गुरुङ, हस्तबहादुर गुरुङ लगायत व्यक्ति थिए। श्रीहर्ष खनाल, मित्रलाल शर्मा लगायत केही व्यक्ति हालसम्म पनि बेपत्ताको सूचीमा छन्। कतिलाई पक्राउपछि अड्डा सार्ने क्रममा मारियो। जस्तो, लालध्वज गुरुङ र इमानसिंह गुरुङ। कतिलाई अर्को जिल्लामा समातेर मारियो। जस्तो, रामविलास यादव।

    (२०६१ माघमा कांग्रेस कार्यकर्ता महेश्वरलाल श्रेष्ठसँग चितवनमा गरिएको कुराकानी।)

    ०००

    भरतपुर कब्जा भएपछि कार्यकर्ताले चेन अफ कमान्ड मानेनन्। कार्यकर्ता जिउ जोगाउनतिर पनि लागे। कब्जा गरिएका हतियार व्यवस्थित हुन सकेन। पाँच वटा बोरामा हालिएका राइफल लुकाउने ठाउँ नभएपछि विष्णुप्रसाद वाग्लेले नारायणीमा लगेर फाले। हालको मध्यक्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको तीनखोले नजिक दुई वटा राइफल गाडिएको थियो। ठूलो गजबहादुर तामाङ र सानो गजबहादुर गुरुङले रामनगरमा हतियार लुकाए। दुर्गाबहादुर कुमालले भकारीमा लुकाए।

    लुटिएका हतियार यसै हिनामिना भए। केही हतियार क्रान्तिकारीले गैंडा तस्करलाई बेचे। बचेखुचेका केही हतियार भारत लगेर डिबी राईलाई नरकटियागंज क्याम्पमा बुझाइयो।

    लुटिएको धनको पनि सदुपयोग भएन। माल अड्डाबाट लुटिएको १ लाख ३२ हजार रूपैयाँ ट्याक्टरमा हालेर चितवन खद्रौलीको बाटोबाट सिमाना कटाइयो। पहलमानसिंह राईले त्यो पैसा लुकाउन दार्जीलिङ पुर्‍याए। त्यो पैसा त्यसै हिनामिना भयो। पछि, उनी पनि टाट पल्टिए।

    (२०६१ फागुनमा चितवनका कृष्णप्रसाद बाँस्तोलासँग गरिएको कुराकानी।)

    ०००

    भरतपुर हमलापछि कार्यकर्ताहरू कोही जिल्ला र कोही भारत गए। गोवर्द्धन शर्मा, मेहेरध्वज अधिकारी, लालध्वज गुरुङ, इमानसिंह गुरुङ, भरत गुरुङ लगायतका व्यक्तिहरू तनहुँतर्फ लागे। जिल्लामा उनीहरू भूमिगत नै भए।

    गोवर्द्धन शर्मालाई सेनाले खोज्न थाल्यो र उनको टाउको ल्याउनेलाई जागीर दिने भनियो। तनहुँको क्यामिन घर भएका सेनाका बलबहादुर भण्डारीले कांग्रेसका कार्यकर्ता नवलसिंह अधिकारीसँग गोवर्द्धनको टाउको ल्याउनेलाई जागीर दिन्छु भनेका थिए। यस्तै प्रस्ताव शर्मा निकट रिट्ठबहादुर विकसँग पनि गरिएको रहेछ।

    (२०६१ माघमा रिट्ठबहादुर विकसँग गरिएको कुराकानी।)

    गोवर्द्धन शर्मा लगायत नेतालाई समात्न बलबहादुर भण्डारीसँगै अरू पनि सैनिक खटिएका थिए, जसमा तनहुँ अर्चलचौरका रणबहादुर घर्ती, लमजुङ सोती पसलका शेरबहादुर बस्नेत र सोही ठाउँका कृष्णबहादुर कार्की थिए। उनीहरू महेन्द्र गण अन्तर्गत खटिएका थिए। उनीहरूले तनहुँको अर्चलचौरमा रहेको गोवर्द्धन शर्माको घरमा खानतलासी लिन लाग्दा गोवर्द्धनकी श्रीमती द्रौपदाले पक्राउ पूर्जी मागिछन्। आफूसँग भएको स्टेनगन देखाउँदै यही हो पूर्जी भनेछन्। पूर्जी माग्ने र बन्दुक देखाउने दुवैको गलफत्ती पर्‍यो।

    (२०६१ माघमा बलबहादुर भण्डारीसँग दमौलीमा गरिएको कुराकानी।)

    ०००

    कृष्णनारायण श्रेष्ठ चितवन काण्डअघि भारतमा ‘टोपी’ पठाउने गर्थे। उनलाई नामले भन्दा पनि ‘अंग्रेजबाबु’का नामले चिनिन्थ्यो। गोरो, अग्लो, कुइरा आँखा, खैरो कपाल र अंग्रेजी पनि पढेको हुनाले उनलाई अंग्रेजबाबु भनिएको रहेछ।

    २०१८ सालमा उनले तीन प्रकारका ‘टोपी’– स्पेसल, फर्माइसी र बजारिया संकलन गरेर नरकटियागंजमा बखानसिंह गुरुङलाई पठाउँथे। ‘टोपी’ शिरपोस नभई मुक्ति सेनामा पठाइएकाहरूको कोड नाम थियो। स्पेसल भनेको भूपू सैनिक, फर्माइसीको अर्थ शिक्षित युवा र बजारिया भनेको खोजुवा अर्थात् टापटिपे।

    त्यसरी मान्छे पठाउँदा उनले बखानसिंह र सुवर्णशमशेरलाई चिठी पनि लेख्थे। उनले लेखेको चिठी प्रहरीले फेला पार्‍यो। भरतपुर काण्डको बेला उनी पक्राउ परे। टिकौलीको जंगलमा लगियो। ५र६ जना अटाउने खाल्डोमा सेनाले धकेलिदिए। होशमा आउँदा उनी सेनाको ब्यारेकमा थिए। पछि, उनलाई मकवानपुरको भीमफेदी कारागार चलान गरियो।

    कृष्णनारायणले २०१८ सालको घटनाबारे सवाई लयमा लेखे–

    अठार सालको घटना भन्दा मन मेरो रुन्छ।
    तर पनि थोरै भन्छु मन रोए रुन्छ।।
    भरतपुर अड्डा ठाना सबै कब्जा गरी।
    भाषण गर्न जम्मा भयौं गेस्ट चउर भरी।।

    झण्डा थियो तारचारे फर्फराइरहेको।
    त्यसै बेला फौज आई गोली बर्साएको।।
    तुरुन्त नै सबै जना तितरबितर भए।
    कति जनाको ज्यान गयो घेरामा हामी पर्‍यौं।।

    थियौं जना एघार एउटै डोरीले बाँधे।
    दश नम्बर गिरीबहादुर, म एघारमा परेँ।
    दुई–दुई जना जिपमा राखी लगे सैनिकले।
    टिकौलीका वनमा मार्दै नारायणीमा फाले।।

    एवं रीतले जना नौलाई मारे।
    हाम्रो पालो आयो अब के गर्ने लौ भरे।।
    त्यसबेला सुन्सान थियो राति दश बजे।
    जिपमा राखी हामीलाई गेस्ट हाउसमा लगे।।

    गिरीबहादुर थियो कोठाको एउटा कुना महा।
    म पनि थिएँ त्यै कोठाको अर्को कुना महा।।
    गिरीबहादुरले भन्यो ‘हैन दाजु यो को होला’?
    बिनेटले घोची घोची मार्ने पापी कस्तो होला।।

    कोड थियो मेरो टोपी तीन किसिमका।
    स्पेसल, फरमाइस अनि बजारियाका।।
    स्पेसल भनेको भुपू सैनिक व्यक्ति।
    फरमाइस भनेको युवा सुरा व्यक्ति।।

    बजारियाको अर्थ हो खोजुवा व्यक्ति।
    पठाउँथे कलकत्ता बढाउन शक्ति।।
    यति मात्र हैन कथा भनी साध्य छैन।
    घरबास त्यागीकन त्यसै लाग्या हैन।।

    (२०६१ माघमा कृष्णनारायण श्रेष्ठसँग दमौलीमा गरिएको कुराकानी।)

    (साभार : हिमाल खबर)

    शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.