• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

प्रमुख चाडहरुको बिदाईसँगै देश अब चुनावी माहोलमा (सम्पादकीय)


  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
  • प्रमुख चाडहरुको बिदाईसँगै निर्वाचन केन्द्रित चुनावी गतिविधिहरु तीब्र बन्न थालेका छन् । सिंगो देश अब चुनावी माहोलमा रंगिन थालेको छ । नेपालीहरुका महान चाड दशैँ, तिहार र छठले अर्को वर्ष भेट्ने गरी नेपाली समाजबाट बिदा मागिसके । अब आमनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी बनाउन दलीय र स्वतन्त्र उम्मेदवारका समर्थक, शुभचिन्तक जुटेका छन् । चाडपर्वकै बीचमा पनि जारी रहेको घरदैलोले तीब्रता पाउन थालेको छ ।

    Advertisement

    निर्वाचन आउन करिब तीन साता बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुसँग चुनाव प्रचारका लागि अब धेरै समय बाँकी छैन । चार दिनपछि मात्र निर्वाचन केन्द्रित आमसभा र कोणसभा गर्न पाइने भएकोले यो चार दिन उम्मेदवारहरुले घरदैलो र मतदाता भेटघाटमै बिताउने छन् ।

    आगामी शनिबारदेखि आमसभा र कोणसभा सुरु भएसँगै निर्वाचनको सरगर्मी ह्वात्तै बढ्नेछ । यी सभामा उम्मेदवारहरु आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा पनि आफ्ना चुनावी एजेण्डा जनतालाई बुझाएर भोलि आफू निर्वाचित भएर गएपछि गर्ने काम र प्रतिबद्धता सार्वजनिक गर्नु महत्वपूर्ण हुनेछ । अर्को उम्मेदवारलाई गाली गरेर होइन, आफूले आफ्नो क्षेत्रको लागि यस्तो काम गर्नेछु भनेर सार्वजनिक गर्नु नै उचित हुनेछ ।

    पुराना अनुहारबाट आजित भएका जनताले यसपटक नयाँ अनुहार खोजिरहेका छन् । परम्परागत हिसाबले मतदान गर्दै आएका चितवनका मतदाताले यसपटक मतदान भिन्न तरिकाले गर्न खोजेको आँकलन गरिएको छ । त्यसैले चुनावको अन्तिम परिणाम यसै हुन्छ भन्न सकिँदैन । त्यसका लागि मंसिर ४ गते र त्यसपछिको एक साता कुर्नै पर्छ ।

    नयाँ अनुहार खोजेका मतदाताको मनोभावना बुझेर प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनले चितवनका तीन क्षेत्रमै नयाँ अनुहार पेश गरेको छ । चितवन १ बाट काँग्रेसका विश्व पौडेल, चितवन २ बाट काँग्रेसकै उमेश श्रेष्ठ र चितवन ३ बाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी नयाँ अनुहार हुन् । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । बहालवाला राज्यमन्त्री श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट पहिलोपटक उम्मेदवार बनेका हुन् । यसअघि उनी समानुपाति सांसद थिए । भरतपुर अस्पतालको अध्यक्ष भइसकेका डा. अधिकारी भने राजनीतिका लागि बिल्कुल नयाँ अनुहार हुन् ।

    सत्ता गठबन्धनसँग टक्कर लिने हैसियत भएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले चितवन ३ मा उम्मेदवारी दिएको छैन । एमालेले चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ, यी दुवै पुराना अनुहार हुन् ।

    आगामी मंसिर ४ गते नेपालका ७७ जिल्लामा तोकिएका मतदान केन्द्रबाट जनताले गोप्य मतदान गर्नेछन् । प्रतिनिधिसभा सदस्यतर्फ १६५ पदका लागि प्रत्यक्ष भोट र समानुपातिकतर्फ ११० सिटका लागि पनि समानुपातिक भोट दिनुपर्नेछ । प्रदेशसभातर्फ ३३० पदका लागि प्रत्यक्ष र अन्य बाँकी सिटका लागि समानुपातिक भोट दिनुपर्नेछ ।

    एउटा मतदाताले चार वटा मतपत्रमा मत संकेत गर्नुपर्नेछ । पहिलो मतपत्र प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारको हुनेछ । अर्को मतपत्र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारको हुनेछ । तेस्रो र चौथो मतपत्र क्रमशः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ती सदस्यको नाम बन्दसूचीमा राखेको पार्टीलाई दिनुपर्नेछ । यसरी चार वटा अलगअलग मतपत्रमा मत संकेत गरेपछि मतदानको काम सकिने छ । मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित स्थानमा केन्द्रीकृत गरी मुचुल्काको काम भ्याएपछि मतगणना प्रारम्भ हुनेछ । अबको करिब एक महिनामा देशभरका सबैजसो नतिजा आइपुग्ने अनुमान गरिएको छ ।

    सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.