• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

मुस्ताङ : जित दोहोर्याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • म्याग्दी २९ कात्तिक

    Advertisement

    मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

    मुस्ताङमा एमालेले जित दोहो¥याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुईपटक संसदीय निर्वाचन जितेका छन् । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी हुनुहुन्छ । विसं २०७० को चुनावमा कांग्रेसका रोमी गौचन थकालीले कांग्रेसबाट बागी उठेका प्रेमलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेमले रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभयो ।

    विसं २०७० मा १३ मतले चुनाव जितेका गौचन र २०७४ मा तुलाचनसँग चार सय ८५ मतान्तरले पराजित हुनुभयो । गौचन २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७३ मा वाणिज्यमन्त्री बनेका रोमीका छोरा योगेश यसपालि उम्मेदवार बन्नुभएको छ ।

    तुलाचन ६२ र योगेश २९ वर्षका हुनुहुन्छ । योगेश कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने कान्छा उम्मेदवार समेत हुनुहुन्छ । रोमी र प्रेम मामा–फूपूका छोरा भएको बताइएको छ । थकाली संस्कारअनुसार उनीहरूबीच सोल्टीको साइनो छ । प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् ।

    निर्माण व्यवसायी पृष्ठभूमिका तुलाचन जिल्ला विकास समितिको पूर्व सदस्य, थासाङ स्पोर्टस् क्लबका पूर्वअध्यक्षका साथै विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व गरेको अनुभव छ । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न हुनुहुन्छ ।

    गत वैशाखको स्थानीय तह निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब चार सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ ।

    विस २०७४ को चुनावमा जिल्लाको प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो ।

    तीन सिटका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनान्चालीस मतदान केन्द्र र १९ हजार नौ सय ५७ मतदाता छन् ।

    राप्रपाका मानबहादुर विश्वकर्मा, राप्रपा नेपालका प्रवीणकुमार शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शेरचन, सुरज लालचन र सुदेश शेरचनले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

    प्रदेशसभा क्षेत्र (१)मा एमालेका इन्द्रधारा विष्ट, कांग्रेसका नम्डु गुरुङ, (२) मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन, राप्रपाका जेम्स हिराचन र राप्रपा नेपालकी कर्मडोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।

    यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका एमालेका नेता चन्द्रमोहन गौचन यसपालि प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न कांग्रेसले प्रदेशसभामा पनि ४० वर्ष मुनिका युवालाई चुनावी मैदानमा उतारेको छ । त्रिपन्न वर्षका एमालेका उम्मेदवार विष्टको प्रतिस्पर्धामा कांग्रेसले ३३ वर्षका गुरुङलाई उतारेको छ । एमालेका उम्मेदवार ५५ वर्षीय गौचनको प्रतिस्पर्धामा कांग्रेसबाट ३९ वर्षका शेरचन उत्रनुभएको छ । कांग्रेसका उम्मेदवारलाई सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सर्मथन गरेका छन् ।

    लामो समयदेखि राजनीतिमा क्रियाशील रहेको, विगतमा पनि चुनाव जितेको अनुभव, स्थानीय तहको मतपरिणाम र प्रभावशाली सङ्गठन जितको आधार भएको एमाले उम्मेदवार तुलाचनको भनाइ छ । कांग्रेसका उम्मेदवार गौचनले नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आवद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने बताउनुहुन्छ ।

    राजनीतिक दलहरूले सभाको विकल्पमा घरदैलो र मतदाता भेटघाट तथा कार्यकर्ता परिचालनलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । उम्मेदवारले चीनको सिमानामा रहेको कोरलानाका सञ्चालन गर्ने र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिएर भोट मागेका छन् ।

    जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदातासमक्ष प्रतिबद्धता गरेका छन् । कोरलानाका खुलाउन सकेमा मुस्ताङमात्र नभएर गण्डकी प्रदेशकै आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उम्मेदवारहरूको भनाइ छ ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.