• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

  • १०. संघीय संसद्को बैठक बस्दै

जनतालाई सपनाको ठूलो महल नभई ससाना सेवा दिए पुग्छ : मनिष झा


  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका सिलसिलामा विदेशमा रहेबसेका नेपाली र उनका परिवारजनको बलियो साथ र समर्थन पाएको उक्त दलका उम्मेदवारलाई विजयी तुल्याउन युवा पुस्ता र सामाजिक सञ्जालको समेत ठूलो योगदान रहेको छ ।

    Advertisement

    टेलिभिजनका तत्कालीन कार्यक्रम प्रस्तोता रवि लामिछाने अध्यक्ष रहेको उक्त दलका नवनिर्वाचित सांसद समाजका विभिन्न क्षेत्रका ख्याति कमाउनुभएका व्यक्तित्व हुनुहुन्छ । दल दर्ता भएको छ महिनाकै अवधिमा २० उम्मेदवारलाई जिताएर मुलुककै चौथो शक्तिका रूपमा स्थापित गराउँदै रास्वपाका अध्यक्ष लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्न सफल हुनुभएको छ ।

    सोही दलका नेता एवं अनुसन्धानकर्ता मनिष झा भन्नुहुन्छ, “हामीले चुनावबाट प्राप्त गरेको नतिजा भनेको प्रमुख शक्तिबाट निराश भएर पोखिएको अभिमत हो ।” देश हाँक्ने जिम्मेवारीमा रहेका दल र नेताहरूले ठीक ढङ्गबाट राज्य चलाउन नसक्नाको परिणाम निर्वाचनले दिएको बताउँदै उहाँले भन्नुभयो, “ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शनी गर्न नसकेपछि मैदान बाहिर सिटमा बसेका हामीलाई म्यानेजर अर्थात् मतदाताले पालो दिनुभएको हो ।”

    मुलुकमा पछिल्लो विकसित राजनीतिक, सत्ता समीकरण र आगामी कार्यदिशालगायत विषयमा केन्द्रित रही तीन विषयमा स्नात्तकोत्तर रहनुभएका उक्त दलबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद झासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश–

    तपाइँ एउटा स्थापित अनुसन्धानकर्ता हुनुहुन्छ, राजनीतिमा प्रवेश गर्न तपाइँलाई केले प्रेरित ग¥यो ?
    – जनकपुरको बाह्रबिघा मैदानस्थित जानकी माध्यमिक विद्यालयबाट एसएलसी र रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट आइकम गरेर ब्याचलर पढ्न काठमाडाँै आएँ । त्यसबेला त्यहाँ बिबिएस मात्र पढाइ हुन्थ्यो, म बिबिए पढ्न चाहन्थेँ, अनि काठमाडाँै आएँ । घरबाट पठाइएको पैसा अपुग भएकाले यहाँबाट लेख लेखेर म ‘जनकपुर टुडे’ र ‘जनकपुर एक्सप्रेस’मा पठाउँथेँ । बिबिए सकेपछि थम्सन नेपालमा काम गर्न थालेँ । पढाइ जारी राखेँ, तीन विषयमा मास्टर्स गरेँ । अमेरिका, जर्मनी र जापानमा गएर तालिम पनि लिएँ ।

    सन् २००९ देखि २०१२ सम्म ‘कमन ग्रान्ड एप्रोच’ अन्तर्गत सबै दलका युवाका सहभागितामा कार्यक्रम संयोजकका रूपमा काम गर्ने अवसर मिल्यो । त्यसबेला नै मैले नेपालको राजनीतिक भविष्य कतातिर जाँदैछ भनेर हेर्न र बुझ्न पाएँ । मैले सोचेँ कि अब यसरी चल्दैन । भरपर्दो देखिन । त्यसपछि आफूलाई राजनीतिकर्मीका रूपमा तयार गर्ने क्रम सुरु गरँे । एउटा इन्टरप्राइजेज बनाएर राजनीतिकर्मीका रूपमा अघि बढ्दा त्यसले सहयोग गर्छ भन्ने सोच भयो । सबैलाई चिनाउन टेलिभिजनमा काम गरेँ । आफूसँग धारणा र अभिमत छ भन्ने लागेर पत्रपत्रिकामा लेख्न र धेरैसँग चिनजान बढाउन कलेज पढाउन थालेँ । अनुसन्धानका लागि १० वर्ष लगाएर ‘फ्याक्ट रिसर्च एन्ड एनालाइटिक्स’ संस्था स्थापना गरेँ । त्यो अहिले यहाँ पुग्नका लागि बनाएको बाटो हो । एउटा राजनीतिकर्मीलाई भोलि गएर सघाउ पु¥याउने व्यवसाय के होला भनेर संस्था बनाइएको हो । यसको म संस्थापक र कार्यकारी छु । अब सांसदको शपथ लिएँ, राजीनामा पनि दिन्छु ।

    मुलुकमा स्थापित अनुसन्धानकर्ताको अभाव अब कसरी पूर्ति होला रु पछि फेरि फर्कनुहुन्छ कि ?
    –सार्वजनिक पदमा रहँदारहँदै राजनीतिमा सक्रिय रह्यौँ वा निर्वाचित प्रतिनिधि भइयो भने त्यो छाड्नुपर्छ । कानुनले छाड्नुपर्छ भनेर बाध्य बनाउन्न तर छाड्दा राम्रो भन्ने हो । प्रतिनिधिसभा सदस्यले गरेको अनुसन्धान र निकालेको तथ्याङ्कको निष्कर्ष भनियो भने झन् नराम्रो हुन्छ । एउटा अनुसन्धानकर्ता सदनमा सदस्यका रूपमा जाँदै गर्दा देशले त्यति गुमाउँदैन, जति एउटा संस्थाले गलत र मिथ्या सूचना दिँदा अप्ठ्यारो हुन्छ । संस्था स्थापित भएकाले म हुनु र नहुनुमा फरक पर्दैन ।

    मुलुकको राजनीतिमा के देखेर तपाइँ यसमा लाग्नुभयो, सुधारको अनुभूति कसरी दिलाउनुहुन्छ ?
    –राजनीति किन गर्ने, मेरा लागि, नेताका लागि, जातका लागि, धर्मका लागि कि देशका लागि गर्ने भन्ने हो । पहिलो कुरा, राजनीतिक जिम्मेवारीको विषय हो । आजभन्दा पहिलेका नेताले जिम्मेवारी लिएर होइन, स्वार्थपूर्ण हिसाबले काम गर्नुभयो । राजनीति गर्नेमा जिम्मेवारी बोध र तालिम हुनुपर्छ । एउटा सामान्य सिपाहीलाई त १८ महिनाको तालिम दिनुपर्छ भने देश हाँक्ने हाम्रा राजनीतिकर्मीले कति तालिम लिनुभएको छ रु नेताको वरिपरि घुम्ने, घर धाउने कामलाई तालिम सम्झिइयो । कुनै पनि नेताले पाँच वर्षपछि मन्त्री हुन्छु भनेर आफूलाई तयार गर्नुपर्छ, त्यो देखिन्न । दौरासुरुवाल लगाएर गाडीमा बसिसक्दासमेत कुन मन्त्रालयको जिम्मेवारी भन्ने यकिन हुन्न । खै यो देश कसरी चलिरहेको छ थाहा छैन । जर्मनीमा गभर्नेन्सका आठवटा पिलर हुन्छन् भनेर पढेको थिएँ तर यहाँ त एउटा पनि पिलर रहेन छ । अर्को विषय, हाम्रो मुलुकमा रणनीतिक योजना छैन । हामी सानो कम्पनी चलाउँदा त हरेक छ महिनामा पुनः मूल्याङ्कन गर्छौं र योजना बनाउँछौँ । देशलाई पाँच वर्षपछि कहाँ पु¥याउने भन्नेमा पनि रणनीति आवश्यक हुन्छ । संसद्मा पनि सबैतिरबाट निवृत्त भएपछि पुग्ने अवस्था आउन दिनुहुन्न । त्यहाँ पुग्नेको औसत उमेर ५७ वर्ष छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नेको औसत उमेर ३८ वर्ष छ, हामी धेरै खट्न र काम गर्न सक्छौँ । अर्कातर्फ हाम्रा बालबालिका, युवकयुवती र सम्पूर्ण नागरिकलाई देशप्रति गौरव गर्न प्रेरित गर्नुपर्छ । त्यो पक्ष कमजोर छ । हाम्रो मुलुकलाई ‘दुई ढुङ्गाको तरुल’ र हामीलाई ‘गरिब देशका जनता’ भन्ने गरिन्छ । नेतृत्व गर्ने सपना पनि देखाउनुपर्छ, यहाँ त्यो छैन । त्यसो हुनाले पाँचवटा ‘इन्डिकेटर’ ९सूचक०का आधारमा राजनीति यसरी गर्न सकिन्छ कि भनेर काम गरिरहेको छु ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?
    –बीस प्रतिशत मतदाताले तथ्याङ्क बुझ्ने हुनाले विश्लेषण गरेर मतदान गर्न सक्छन् । त्यो २० ले अर्को २० प्रतिशतलाई प्रभाव पार्छ । मैले गत स्थानीय तहको निर्वाचनको नतिजाका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ठूला र स्थापित दलमा गइरहेका मत नयाँ र युवा पुस्ताका दलमा औसत १० प्रतिशतले बढ्छ भनेको थिएँ । त्यसो हुनाको कारण भनेको सामाजिक सञ्जाल हो, सूचनाको पहुँच हो । हाम्रा हजुरबुबाका पुस्तामा ‘सर्भाइभ’ अर्थात् जन्मिएको सन्तान बाँच्छ कि बाँच्दैनन् भन्ने थियो, बुबा पुस्तामा पहिचानको चुनौती अर्थात् पछाडि हाकिम, डाक्टर, वकिल वा कलाकार के जोडिन्छ भन्ने रह्यो । हाम्रा पुस्तालाई सूचनामा पहुँच छ कि छैन भन्ने चुनौती भयो । हामी पछिकालाई आफूले चाहेजस्तो जीवनयापन गर्न पाइन्छ कि पाइन्न भन्ने छ । मतदानको तरिका पनि त्यसरी नै फरक हुँदै जान्छ । जीवन शैलीसँगै मान्छेको सोच र आकाङ्क्षा परिवर्तन हुन्छ । यो निर्वाचन पहिलाभन्दा फरक हुन्छ र केही नयाँ शक्ति आउँछ भन्ने हाम्रो अनुसन्धानले देखाइसकेको थियो । त्यसको सङ्केत स्थानीय तह निर्वाचन थियो । स्थानीय तहमा ठूला दलबाहिर सात लाखको हाराहारीमा गएको मत पछिल्लोमा आएर करिब १९ लाखमा पुग्यो । मतदाताको अपेक्षानुरुप काम भएमा सङ्ख्या ह्वात्तै बढ्छ, सकिएन भने घट्छ । मतदाताले आगामी निर्वाचनमा सूचनाको पहुँच र आफूले चाहेको जीवन शैलीको सूचकमा मतदान गर्ने हो ।

    निर्वाचन प्रचारमा रहँदा समग्रमा दलका एजेन्डा र मतदाताको आकाङ्क्षाबीच यहाँले कति तालमेल भएको पाउनुभयो ?
    –निर्वाचनअघि गरिएको एउटा अनुसन्धानबाट सुशासनका सवालमा राजनीतिदेखि एकदमै धेरै विचलन र नैराश्य आएको देखियो । त्यो नै सबैभन्दा ठूलो कुरा थियो । मुलुकमा दलहरूबीच सबैभन्दा धेरै सम्झौता सुशासनकै लागि गरेको देखिन्छ । आफ्नो टे«ड युनियन बनाएर होस् वा विद्यार्थी उचालेर किन नहोस् । विद्यार्थीले पनि समयमा पढाइ र परीक्षा होस् भनेर आन्दोलन गरेको देखिन्न । जनतालाई राष्ट्रिय परिचयपत्र बनाउन बाध्य बनाइन्छ, त्यो लिन जाँदा लाठी चार्ज गर्ने अवस्था छ । राज्यलाई तिनुपर्ने कर फरफारक गर्न जाँदा पैसा दिन र ‘रेडबुल’ खुवाउनुपर्छ । पुराना राजनीतिक दलले सुशासनका एजेन्डा लिएर गएनन् । रास्वपा भ्रातृ सङ्गठनको अभ्यास गर्दैन भन्ने कुराले जनतालाई प्रेरित ग¥यो भने अर्को सुशासनका सवालमा अध्यक्षले चलाएको टेलिभिजनले प्रत्याभूतिको विश्वसनीयता दिलायो । हामीलाई सफलता दिने नयाँ पुस्ता पनि हो । सबैभन्दा कान्छी र ३० वर्षमुनिका तीनजना हाम्रो दलबाट विजयी सांसद हुनुहुन्छ । हामीले निर्वाचन अभियान चलायौँ, त्यस क्रममा दिनमा १२ वटासम्म कोणसभा ग¥यौँ । आसनग्रहण, फूलमाला, अतिथि सत्कार केही गरेनौँ । आङ्कलन र अनुसन्धानले त्यो नगर्न सुझाएको थियो । नतिजा पनि त्यहीअनुरूप आयो ।

    निर्वाचनअघिको गठबन्धन र हालको गठबन्धनलाई कसरी लिनुभएको छ ?
    –गठबन्धनलाई स्वाभाविक र अस्वाभाविक भन्ने कट्टरपन्थीको अभिव्यक्ति हो । आफू संलग्न हुँदा प्राकृतिक, नहुँदा अप्राकृतिक र अस्वाभाविक भन्ने गरिन्छ । निर्वाचनमा जाँदै गर्दा आफूलाई सबल प्रतिपक्षका रूपमा उभ्याउनुपर्छ भनेर अभ्यास गरिएको थियो । हामीले सरकारमा नहुने तथा हुन पनि सक्ने परिकल्पना गरेका थियौँ । सत्ता समीकरणपछि न्यूनतम साझा कार्यक्रम आएको छैन, अहिले नै मूल्याङ्कन गर्ने वा तुलना गर्ने बेला होइन । उद्देश्य के हो भन्ने मुख्य कुरा हो । हामीले आफ्नो न्यूनतम एजेन्डा दिएका छौँ । त्यो भएन भने जान्नौँ भनेका थियौँ । त्यसलाई स्वीकार गरिएको छ । काम राम्रो गर्न सकिएन भने जुनसुकै बेला सरकार छाड्न सक्छौँ । पुराना र अवसर पाएकाहरूले सम्झौता गर्लान् तर हामी गलत र गर्न नसकिने कुरामा सम्झौता गर्दैनौँ । गठबन्धनलाई हामी यसरी नै हेर्छांै ।

    तपाइँहरूका मूलभूत एजेन्डा के के हुन् त ?
    – विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ, वैदेशिक रोजगारीमा रहेकाहरूको ‘नोट चल्ने– भोट नचल्ने’ हुनुहुन्न । अदालतमा न्याय पाउनका लागि हामीले टाइम कार्ड बनाउनुपर्छ, यो प्रकृतिको मुद्दा यति समयमा किनारा लगाइसक्नुपर्छ भन्ने सुनिश्चितता हुनुप¥यो, निजी क्षेत्रको जस्तै सरल रूपमा सेवा प्रवाह हुनुपर्छ, त्यहाँ कुन मान्छे चिनेको छ भनेर व्यक्ति पत्ता लगाउने होइन, कस्तो विधि र प्रणाली विकसित गरिएको छ भन्ने हुनुपर्छ । विधि र प्रणालीले काम गर्नुपर्छ । अदालतमा ७३ वर्षसम्म मुद्दा खेप्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।

    रास्वपाले प्रदेश संरचनालाई बेवास्ता गरेको देखियो, वर्तमान अवस्था र व्यवस्थामा तपाइँहरूका एजेन्डा कति कार्यान्वयन होलान् ?
    – प्रदेशका बारेमा आजको दिनसम्म जति प्रस्ट पार्नुपथ्र्यो, त्यो गर्न नसक्नु हाम्रो कमजोरी हो । हामीले सङ्घीयता नकारेको होइन । हामी सङ्घीय समाजवादमा विश्वास गर्छौं । संविधानलाई विश्वास गरेका छौँ, प्रणालीलाई मानेका छौँ । अध्यक्षले पटक–पटक भनिसक्नुभएको छ, यही प्रणाली मान्छौँ, यही अभ्यास गर्छौँ । सङ्घीयताका हकमा प्राविधिक र सैद्धान्तिक विषय छ । सबै समेट्न खोज्दा सम्हाल्न नसकाँैला कि भनेर हामीलाई जोखिम लागेको हो । सङ्घीयताको अझै पनि राम्रो संरचना र पिलर बनिसकेको छैन । धेरै काम गर्न बाँकी छ, प्रदेशको आफ्नो कानुन, शिक्षा नीति, अदालत, प्रहरी छैन । त्यस विषयमा द्वन्द्व छ त्यहाँ धेरै कुरामा । त्यसलाई हामी नीतिगत र संसदीय अभ्यासबाट सुधार्न सक्छौँ । अबका निर्वाचनमा हामी स्थानीय, प्रदेश र केन्द्र तीन वटाकै अभ्यास गर्दैछौँ । कमजोर घरमा जानुभन्दा पहिले बाहिर बसेर ‘रेक्टोफिट’ गरेर ठीक पारौँ, अनि जाने नि भन्ने हो ।

    तपाइँहरुको पृष्ठभूमि लोकतान्त्रिक देखिन्छ, अहिलेको गठबन्धनमा कत्तिको सहज होला भन्ने लाग्छ ?
    – असर पर्दैन, यसअघि सात दशकदेखि लोकतन्त्रवादी हौँ भन्ने दलले पनि सँगै मिलेर सरकार चलाए । विसं २०४६ पछि लोकतन्त्रवादी अर्थात् कांग्रेसको मात्र सरकार कति चोटि बनेको छ र रु त्यहाँ कुनै न कुनै वामपन्थी दल मिसिएकै छन् । हामी नयाँ दल पाँच वर्षसम्म प्रतिपक्षमा बसेर औँला मात्र उठाउने, कम्प्लेन मात्र गर्ने कुराले अर्को निर्वाचनमा जाँदा तिमीहरूले गुनासो मात्र ग¥याँै, प्रतिवाद खोइ गरेको भन्ने हुन सक्छ । नेपालमा वैकल्पिक वा नयाँ शक्तिका रूपमा आएका नयाँ दल सत्ताको अभ्यास नगरेर पनि असफल भएको देखिएको छ । गुनासो मात्र होइन, सेवा प्रवाह गर्नुपर्छ । नयाँ गृहमन्त्री आएपछि नयाँ इनर्जी देखिएको छ । यही अभ्यास गर्न खोजेका हौँ । हामी लोकतान्त्रिक अभ्यास गर्न चाहन्छौँ । लोकतान्त्रिक पक्ष मिलेर अभ्यास हुन सक्छ भनेर आह्वान गरिएकामा केहीले त्यसलाई सकारात्मक र उत्साहजनक रूपमा नलिएपछि अर्कै परिस्थिति निर्माण भएको हो ।

    वर्तमान सत्तासमीकरणप्रति रास्वपाको धारणा के हो ?
    –सत्ताको समीकरण दुई किसिमले हुन्छ । सिद्धान्त र एजेन्डामा एकार्काबीच सहकार्य हुन्छ । सत्तासमीकरण भएका दलसँग शत्प्रतिशत सहमति भएको होइन । यो समीकरण सैद्धान्तिक नभई एजेन्डाका आधारमा भएको सम्झौता हो । मेरो कित्ता यो हो, म यति कुरामा डेलिभर गर्छु भनिएको छ । सिद्धान्तका आधारमा समीकरण भएको होइन ।

    अबको राजनीति केमा केन्द्रित हुनुपर्छ र कतातिर उन्मुख होला जस्तो लाग्छ यहाँलाई ?
    –राजनीति जहिले पनि दुईवटा अप्रोच प्वाइन्टको केन्द्रविन्दु हो । त्यो भनेको तलबाट माथि र माथिबाट तल हो । पहिलाको राजनीतिकर्मीहरू दलानमा उपरखुट्टी लगाएर बस्थे, सबै त्यहाँ जान्थे । उहाँहरूले जे निर्णय गरे पनि प्रतिप्रश्न हुन्थेन । अहिलेको राजनीति फरक छ । नेता मतदाताका घरघरमा पुग्नुपर्र्छ । निर्वाचनमा मतदाता घरदैलो कार्यक्रम नै निर्धारण गरिएको छ । पहिलाका निर्वाचनमा मत माग्न मात्रै घरदैलामा जानुपथ्र्यो भने यसपालिदेखि निर्वाचनपछि पनि घरदैलो हुन थाल्यो । राजनीतिक अभ्यास जसरी परिवर्तन हँुदैछ, सत्ताले गर्ने काम पनि परिवर्तन हुन्छ । पहिले नेता साइरन बजाएर आउँथे, त्यसलाई सान मानिन्थ्यो । अहिले त्यो नबजाइदिँदा राम्रो मान्छौँ । राजनीतिकर्मीलाई बुझ्ने भावनामा पनि परिवर्तन हँुदैछ । नागरिकको समस्या कसरी सुधार्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी लिन लाइनमा बस्दा प्रहरीको कुटाइ खाइएन भने पनि मान्छे खुसी हुन्छन् । मतदाताका माग ठूलो छैन । सामान्य दिनचर्यासँग जोडिएका आधारभूत विषयवस्तु छन् । उनीहरूलाई सपनाको ठूलो महल देखाएर राजनीति गर्ने होइन, ससाना सेवा प्रवाह गरे पुग्छ । मतदाताको माग त्यो हो ।

    यहाँको दललाई प्राप्त जनमतलाई यहाँले कसरी लिनुभएको छ ?
    – पछिल्लो निर्वाचनको नतिजा भनेको मुख्य शक्तिबाट निराश भएर हामीतर्फ पोखिएको अभिमत हो । ग्राउन्डमा रहेका खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि दर्शकले मैदानबाहिर सिटमा बसेका हामीलाई पालो दिनुभएको हो । म्यानेजरका रूपमा रहेका मतदाताले हामीले पनि राम्रो गरेनौँ भने परिवर्तन गरिदिन्छन् । युवा, नयाँ पुस्ता हामीसँग हुनुहुन्छ । जितेर आएका पनि डाक्टर, वकिल, इन्जिनियर, पिएचडी होल्डर, टेलिभिजनमा देखिएका नयाँ अनुहार छन् ।

    रास्वपाले सरकारमा जान अलि हतारो ग¥यो, स्थायित्व प्राप्त गर्न अप्ठेरो पर्छ कि भन्ने चिन्ता गरेका मतदातालाई यहाँको केही सन्देश छ कि ?
    –कसैले हाम्राबारेमा चिन्ता गर्दै हुनुहुन्छ भने उहाँहरूलाई हामीले धन्यवाद दिनुपर्छ । सरकारमा रही लामो अभ्यास गरेका दल र नेताको चेपुवामा परिन्छ कि भन्ने डर निर्वाचन देखिकै हो । पुराना राजनीतिकर्मीलाई एउटा कुरामा यसकारण धन्यवाद दिनुपर्छ कि उहाँहरूले हामीलाई राजनीति गर्न सक्ने मैदान उपलब्ध गराइदिनुभयो । उहाँहरूले राणा र पञ्चायतविरुद्ध आन्दोलन नगरिदिएको भए अहिले हामी राजनीतिक विश्लेषण र छलफल गर्ने अवस्थामा पुग्दैनथ्यौँ होला । हामीले अब उत्तर र दक्षिणका कित्तामा नअल्मलिई दुवैलाई विश्वासमा लिएर राजनीति गर्नुपर्छ । नयाँ अवधारणा, नयाँ संस्कार र नयाँ परिवेशसहितको चुनौती लिएर देश र जनताको सेवाका लागि हामी राजनीतिक मैदानमा काम गर्न आएका छौँ । रासस

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.