• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

सन्दिग्ध कारोबारमा शाह पक्राउ, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई के हुन्छ ?


  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ, २३ पुस ।

    Advertisement

    तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

    ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड रुपैयाँ बराबरको शंकास्पद रकम ओसारपसार गरेको देखिएको छ । शाहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर ९हालको विनिमय दरअनुसार ६१ करोड ३३ लाख ७९ हजार २ सय ८४ रुपैयाँ०, १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर ९हालको विनिमय दरअनुसार २० लाख ४३ हजार ५ सय ३५ रुपैयाँ० र ३ करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ ।

    अस्वाभाविक रकम ओसारपसार गरेको देखिएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले शाहको खाता रोक्का गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले फुकुवा गरिदिन लिखित निर्देशन नै दिएका थिए । स्वायत्त निकाय राष्ट्र बैंकको कामकारबाहीमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन । तर, शर्माले अनधिकृत हस्तक्षेप गरेर अनुसन्धान प्रभावित गरेको विषयमा कान्तिपुरले गत चैत २४ मा समाचार प्रकाशित गरेको थियो ।

    समाचार छापिएपछि शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएका थिए । उनको प्रस्तावमा मन्त्रिपरिषद्ले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

    अधिकारीमाथि जाँचबुझ गर्न अर्थमन्त्री शर्माका दाइ नाता पर्ने पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरिएको थियो, जसका दुवै सदस्य अर्थमन्त्रीको दल माओवादीको संगठनमा आबद्ध नेता थिए । गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई राष्ट्र बैंक फर्काइदिएको थियो ।

    अर्थमन्त्रीबाट शर्मा बाहिरिएलगत्तै प्रहरीले शाहसहित ६ जनालाई पक्राउ गरी अदालतबाट ६ दिनको म्यादसमेत लिएको छ । ‘राष्ट्र बैंकको आग्रह र केही तथ्य तथा प्रमाणमा खुलेअनुसार ६ जनालाई पक्राउ गरिएको हो, अरू थुप्रै व्यक्ति र कम्पनी यो अपराधमा मुछिएको देखिन्छ,’ सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्न बाँकी व्यक्ति र संलग्न संस्थाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन ।’

    पक्राउ पर्नेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका शाह, भाइ विजयविक्रम, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवलपरासीका रुक्मांगत काफ्ले र अछामकै रंगबहादुर साउद छन् । अनुसन्धानको दायरामा परेका विभिन्न व्यक्ति तथा शंकास्पद गतिविधिमा जोडिएका कम्पनीको सबै कारोबार रोक्का गरिएको छ । शाह पक्राउ परेपछि उनलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री शर्माको संलग्नतामाथि बिनाप्रभाव छानबिन हुनुपर्ने विज्ञहरूको धारणा छ ।

    ‘आवरणमा सामान्य हैसियतका मानिसलाई देखाएर शक्ति केन्द्रले शंकास्पद रकम भित्र्याएको त होइन भन्ने बलियो आशंका छ, शंकास्पद रकम राखिएको खाता खुलाउने प्रयास पनि भएकै हो,’ सीआईबीका पूर्वप्रमुख हेमन्त मल्लले कान्तिपुरसँग भने, ‘यस विषयलाई समेत मध्यनजर गरेर ब्युरोले अनुसन्धानको दायरा बढाउनुपर्छ ।’

    बिनाहस्तक्षेप अनुसन्धान टुंगोमा पुर्‍याउन दिने हो भने यस्ता अपराधमा जति नै उच्च पदस्थको संलग्नता भए पनि कानुनी दायरामा ल्याउने क्षमता प्रहरीसँग रहेको दाबी मल्लको छ । ‘सामान्य व्यक्तिको मात्रै प्रयास र चलखेलबाट कालो धनलाई शुद्धीकरण गर्न सम्भव हुँदैन । यो प्रकरणलाई सम्पत्ति शुद्धीकरण, कर छली, भ्रष्टाचार, ठगीलगायत अपराधसँग जोडेर हेर्नुपर्छ,’ उनी भन्छन् । अर्थमन्त्रीका रूपमा शर्माले राष्ट्र बैंकलाई पत्र लेखेका मात्र होइनन्, सार्वजनिक विज्ञप्ति जारी गरेर ‘शाह सोझासिधा व्यवसायी हुन्, जसले प्रत्यक्ष वैदेशिक लगानी ल्याएका छन्’ भनेका थिए ।

    विज्ञप्तिमा ‘स्वस्फूर्त रूपमा आएको विदेशी लगानीलाई अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेलाई निरुत्साहित गर्न खोजिएको’ टिप्पणी पनि गरिएको थियो । तर, विदेशबाट ल्याएको रकम कुन उद्योग, व्यवसायका लागि ल्याएका हुन् भन्ने स्वयं शाहले पनि प्रस्ट पार्न सकेका छैनन् ।

    अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम नेपाल पठाइएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन भनेको छ । यस प्रकरणमा पक्राउ परेका व्यक्तिविरुद्ध विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरीत कारोबार गरेको र विदेशमा अपराधजन्य गतिविधि गरेर रकम भित्र्याएको आरोप छ ।

    पक्राउ परेका ६ जनामध्येका एक पृथ्वीविक्रम शाह साढे ४ वर्षअघि पनि साढे २ करोडभन्दा बढी भारतीय नोटको अवैध कारोबारमा पक्राउ परेका थिए । नेपालमा संगठित गिरोह बनाई प्रतिबन्धित भारु भित्र्याएको आरोपमा ब्युरोले २०७४ जेठ २ मा १५ जनालाई पक्राउ गरेको थियो, जसमा शाह पनि थिए । नेपालमा प्रतिबन्धित ५०० र १००० दरका नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचनाका आधारमा चाबहिल (गौरीघाट) स्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ बरामद भएको थियो ।

    सीआईबीले त्यसबेला उठाएको मुचुल्कामा भनिएको छ, ‘जेठ ३ मा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा तीन वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद गरिएको थियो । बरामद भारु ब्युरोले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो तर पछि शक्तिको आडमा अनुसन्धान नै कमजोर बनाएर शाहसहितका केही अभियुक्तलाई उन्मुक्ति दिइएको थियो ।

    ‘शाहले पटक–पटक तीनरचार तहमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, दुई दर्जनभन्दा बढी कम्पनीमार्फत कारोबार गरिएको र उताबाट पैसा पठाउनेबित्तिकै आफन्त, नातेदार, साझेदार तथा विश्वासिला पात्रको बैंक खातामा ट्रान्सफर गरिहाल्ने गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘केही रकम सामान्य मजदुरका नाममा समेत ट्रान्सफर गरिएको छ । यिनीहरूको आफ्नै क्षमताले यो तहको गलत कारोबार गरेको हुन सक्दैन । यसका पछाडि ठूलै शक्ति तथा गिरोह संलग्न हुन सक्ने अनुमान गरेका छौं ।’

    प्रहरीले कानुनी प्रक्रिया अघि बढाएकाले अन्तर्राष्ट्रियस्तरमा समेत सकारात्मक सन्देश जाने पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताए । ‘नेपाल अहिले सम्पत्ति शुद्धीकरण निवारण मामिलामा मूल्यांकनको चरणमा छ, अबको पाँचरसात महिनामा नेपालले तीन वटा काम गर्नु छ,’ उनले भने, ‘पहिलो– कानुन बनाउनुपर्छ । दोस्रो– सम्पत्ति शुद्धीकरण गर्न खोजिएका कानुन वा विधि केही छन् भने तिनीहरूलाई हटाउनुपर्छ । तेस्रो– शंकास्पद कामहरूमाथि छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्छ ।’

    शाह पक्राउ प्रकरणले ‘हामी सम्पत्ति शुद्धीकरण निवारणको विषयमा गम्भीर छौं, कुनै पनि अपराधीलाई छाड्दैनौं’ भन्ने सन्देश जाने खतिवडाले बताए । ‘यसमा विश्व समुदायलाई विश्वास दिलाउनुपर्नेछ, ब्युरोले अहिलेको यो संवेदनशीलतालाई बुझेर अघि बढेजस्तो छ,’ उनले भने, ‘हामी सबैले यस्ता छानबिन तथा कारबाहीलाई बुझ्नुपर्छ । कसैले हस्तक्षेप गर्नु हुँदैन । सन्दिग्ध व्यक्ति जो भए पनि छुट्नु हुँदैन ।’ (कान्तिपुरबाट)

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.