• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

लोप हुँदै कोदो खेती


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • धनुषा २६ पुस

    Advertisement

    तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।

    तीन दशकअघि धनुषाको प्रायःजसो सबै ग्रामीण भेगका तत्कालीन ढल्केवर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायतका गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । तर अहिले कोदो खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

    स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले धनुषाको सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।

    “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,” तत्कालीन ढल्केवर गाविस हाल मिथिला नगरपालिका–६, का दानबहादुर खड्काले भन्नुभयो, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।” उहाँले अहिले घरका लागि आवश्यकपर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताउनुभयो ।

    अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको क्षीरेश्वरनाथ नगरपालिका किसान रामदेव यादवले बताउनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुनसकेको छैन । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उहाँले बताउनुभयो ।

    कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ । पहिला वर्षे खेतीको रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको मिथिला नगरपालिका पुष्पवलपुरका किसान गङ्गा महतोले बताउनुभयो ।कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ ।

    सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका किसान राजेश महतो गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहरबजारतिर खोजीखोजी खान थालिएको बताउनुहुन्छ । “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण लोप हँुदै गएको जेटिए ममता बलम्पाकीको कथन छ । बलम्पाकीले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्यपहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताउनुभयो । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

    किसानको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो । धनुषाका अधिकांश क्षेत्रमा कोदोको उत्पादन राम्रो भए पनि किसानले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो । किसानले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको किसना बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न किसानले छाड्दै गएका हुन् ।

    बीस वर्ष अघिसम्म पुष्पवलपुरका किसान श्याम गोलेले आफ्ना गाउँका सबै खेतबारीमा कोदो लगाउने गर्नुहुन्थ्यो । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो । तर पछिल्ला समयमा उहाँले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै जानुभएको छ । “कोदो खेतीमै निर्भर भएर खेती गर्न किसानले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारीलगायतका नगदेबाली, फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

    पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँका धेरै किसानले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर, अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । किसानले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो । परम्परागतरूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० बढी गाउँका किसनाको मुख्य खाद्यान्न बाली थियो । औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ ।

    कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण भने घट्दै गएको छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिनहरु बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिसहरु सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान अमरबहादुर थिङ बताउनुहुन्छ ।

    उहाँले पहिलेपहिले पाँच मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउनुहुन्छ । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई÷चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमिन वनमाराले भरिन थालेको छ”, उहाँले भन्नुभयो । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराए । खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको किसान बताउँछन् । पहिले गाउँमा पनि फागुनमा धान खेतमा जोतखन गरेर छरुवा कोदो लगाएर असारमा काटेर धान रोप्ने चलन थियो ।

    क्षीरेश्वरनाथ नगपालिका–३ पकडियाका किसान रामनारायण सिंहले कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिबी खानाको रुपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन रहेको बताउँदै उहाँले भन्नुभयो, “बजारमा पनि यसको मूल्य अन्य अनाजको तुलनामा न्यून छ । त्यसैले आजकाल मानिसको यो बाली लगाउने सङ्ख्या न्यून हुँदै गएको हो ।” स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको उहाँको भनाइ छ ।

    परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ ।प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।”

    साहका अनुसार कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुने भएकाले लामो समय नखाँदा पनि हुन्छ । यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ । कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा बृद्ध र बालकलाई चाहिने प्राकृतिक क्याल्सियमले गर्दा हाड मजबुत बन्न मद्दत पुग्छ । कोदोमा पाइने क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रुपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रुपमा लिइन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।

    कृषिविज्ञ डा श्रीभगवान ठाकुरको अनुसार कोदो नेपालमा अन्नबालीमा धान, गहुँ, मकै पछिको चौथो स्थानमा पर्छ । यो बाली प्राचीन समयदेखि खाद्यान्नको रुपम देखिँदै आएको छ । कोदो खेती घट्दै गए पनि यसमा पाइने क्याल्सियमलगायत हाम्रो शरीरलाई चहिने महत्वपूर्ण तत्वहरु पाइने हुनाले यसको माग सहरमा बढ्दो छ । यसको गुणको आधारमा उपयोग गरिँदा अत्यन्त राम्रो छ ।

    मध्यपहाडी भूभागका भिराला जमिनमा मकैपछि वा मकैभित्र घुसुवाबालीको रुपमा दुवै तरिकाले लगाइन्छ । अझ भिराला पहाडी जङ्गललाई फडानी गरी खोरिया तयार गरेर छरुवा कोदो बाली लगाइन्थो । समय क्रममा आजकल जङ्गल फडानीमा सरकार कडा बन्ने र मानिसहरु पनि ग्रामीण क्षेत्रमा जीवन निर्वाह कठिन बन्दै गएकाले अधिकांश युवा शक्ति कामको खोजीमा सहर र मुग्लान जाने प्रचलनले गर्दा खोरिया खेतीबाट टाढिने अवस्था छ ।

    खोरिया खेती घटने भए पनि परम्परागत कोदो खेती पनि क्रमशः हसोन्मुख हँुदैछ । अहिले सबै स्थानमा चामलको माग बढ्दो छ । हामीकहाँ रक्सी बनाउने कच्चा पदार्थको रुपमा कोदो प्रयोगमा बढी देखिन थालेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका कृषि शाखा अधिकृत गङ्गा यादवको अनुसार कोदोको किसिममा पाँउदुरे उर्छो, उर्छो (डल्ले), झ्यापे, कालोघुडे पर्छन् । यसको उत्पादन समयका आधारमा उत्पादनको नामबाट भन्दा असारे, भदौरे (भाद्रमा पाक्ने), उर्छाे असोजमा पाक्ने, कात्तिकमा कालो घुँडे, मङंसिरे उर्छो कोदो आदि पाक्ने तलिकाको आधारमा नामकरण गरिन्थ्यो ।

    ज्ञपहाडमा ७९ प्रतिशत कोदो र भटमास ८२ प्रतिशत उत्पादन हुनेहुँदा कोदो दोस्रो खाद्यान्न रुपमा लिइन्छ । उच्च पहाडीभागमा कोदो १४ प्रतिशत र जौ ३० प्रतिशत उत्पादन हुनेहुँदा कोेदो दोस्रो स्थानमा पर्छ ।कोदो लामो समयसम्म भण्डारण गर्न सकिने अनाज हो । भकारी वा अन्य भाडामा १२÷१५ वर्षसम्म राख्दा पनि सड्ने–गल्ने केही हुँदैन । विश्वको कुल उत्पादकको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्छ । कोदो उत्पादनमा नेपाल विश्वको १५ आंै स्थानमा पर्छ । कोदो उत्पादन गर्ने देशमा भारत, चीन, युगान्डा, नेपाललगायत पर्छन् ।

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.