काठमाडौं ९ माघ
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ । सोमवार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्र्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागी अन्य दलहरुसँग पनि छलफल गर्ने निष्कर्ष निकालेको महतले बताए। राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने पनि काग्रेसको निचोड रहेको महतको भनाइ छ। संविधान र ऐनमा कतै त्रुटि भए त्यसलाइ समयमै सच्याएर राष्ट्रपति निर्वाचनमा जानुपर्नेमा कांग्रेसले जोड दिएको छ।
आफनो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ ।




