काठमाडौं ४ फागुन
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।अस्पतालका अनुसार उनको अहिले करिब ११ बजेतिर निधन भएको हो ।
८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
त्यस्तै आमा बचाउन गएका सांसद भण्डारीसमेत गम्भीर घाइते भएका छन् । उनको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । उनको टाउको, दायाँ पट्टीका भाग र फोक्सोमासमेत असर परेकाले अवस्था जटिल रहेको जनाइएको छ ।




