• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

पर्यटक पर्खिरहेको हाँडिकोट


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • बलेवा १८ फागुन
    यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् ।

    Advertisement

    सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराए जस्तो हुन्छ ।

    यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हो हाँडिकोट ।

    समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटक नियमित पुगेका हुन्छन् । हाँडिकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ त्यति पर्यटक भित्र्याउन नसकेको जैमिनी–१० राङ्खानीका मित्र थापा बताउनुहुन्छ ।

    बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडिकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडिकोट पुगेर पहाडको खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आज भोलि दिनदिनै पुग्छन् ।

    विस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचारप्रसारमा सरकारी निकायको भन्दा स्थानीयको जोड छ । हाँडिकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गर्ने र आन्तरिक पर्यटक पु¥याउने गर्न थालिएको छ । यस वर्ष हाँडिकोटमा चौथो हाँडिकोट महोत्सव हुँदैछ । हाँडिकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

    हाँडिकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । यस पटक फागुन १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडिकोटमा महोत्सव आयोजना गरिएको थापाले बताउनुभयो ।

    महोत्सवमा आयोजना गरिने भलिबल खेलमा सहभागी हुने खेलाडी, सांकृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आउने दर्शकले हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारको पनि प्रदर्शनी गरिने छ । यसले हाँडिकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।

    यसअघि पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडिकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको नगर उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । हाँडिकोटको पर्यटन विकास र यसलाई अझै आर्कषक बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ ।

    हालसम्म दृश्यावलोकन स्तम्भ, प्रतिक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु २२ लाख खर्च गरिसकिएको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।

    माथि डाँडामा पानीको स्रोत नभएका कारण झन्डै पाँच सय मिटर तल खानेपानीको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना छ । आगामी आर्थिक वर्षमा पनि दृश्यावलोकन स्तम्भमा रेलिङ र तारजालीका लागि रु तीन लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

    हाँडिकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना छ ।

    व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडिकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् । हाँडिकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरवास सञ्चालनमा छन्  । घरवासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरवासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडिकोट महोत्सवसमेत गरिँदै आएको छ । सदरमुकाम बाग्लुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ ।

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.