चितवन २० चैत
बैशाख १० गते हुने उप–निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।उक्त क्षेत्रमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उम्मेदवारी दर्ता गराइसकेका छन्।
गएको ४ मंसिरमा लामिछाने यहाँबाट निर्वाचित भएका थिए । तर नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
दोस्रो पटक विजयी हुने भन्दै लामिछानेले उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा श्रेष्ठलाई अघि सारेको छ। उक्त निर्वाचन क्षेत्रमा गत निर्वाचनमा माओवादी केन्द्रले पाएको थियो।




