• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • ताप्लेजुङ ७ वैशाख 

    Advertisement

    वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो ।

    विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो । यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ ।

    विश्वको तेस्रो अग्लो (८५८६ मिटरको उचाइमा रहेको) कञ्चनजङ्घा, हिमाल पर्वतारोही र पदयात्रा गर्नेका लागि उपयुक्त गन्तव्य हो । कञ्चनजङ्घासहित त्यस वरपरका परिदृश्यले आरोही एवं पदयात्रीलाई आनन्द प्रदान गर्ने भएकाले उक्त हिमालमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । चैत, वैशाख, जेठ, कात्तिक र मङ्सिर महिनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि आउने गरेका छन् । आरोहण भने वैशाख र जेठमा हुने गरेको छ ।

    पर्यटन व्यवसायीका अनुसार सामान्यतया ४५ दिनमा कञ्चनजङ्घा आरोहण गरेर फर्किन सकिन्छ भने सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा आधारशिविर पदयात्रा गरेर फर्किन करिब १७ दिनको समय लाग्छ । कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन् । सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने तापेथोक, घुन्सा र अर्को सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक याम्फुदिन भएर पुग्न सकिन्छ । यस्तै पाँचथरको गणेशचोक, आम्बेगुदिनस्थित हप्पुखोला र खेवाङ हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । याम्फुदिन र तापेथोकसम्म सवारी साधनमै जान सकिन्छ ।

    झापाको विर्तामोडबाट मेची राजमार्ग र धरानबाट तमोर करिडोरको बाटो हुँदै ताप्लेजुङमा आउन सकिन्छ । कञ्चनजङ्घा पदयात्राका क्रममा पहाडका टाकुरा, हरियाली वनजङ्गल, खोला, झरना, हिमाली क्षेत्रका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । पदयात्राकै क्रममा विभिन्न जातजातिको वेषभूषा, भाषा, संस्कार संस्कृति र रहनसहनलाई समेत नियाल्न पाइन्छ । पदमार्गका विभिन्न ठाउँमा सामान्यदेखि सुविधासम्पन्न होटल सञ्चालनमा रहेका छन् ।

    नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो । समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ बडादसैँका बेला अन्य समयमा भन्दा धेरै तीर्थयात्री आउँछन् । त्यसपछि फागुन, चैत र वैशाखमा आउने गर्छन् । चैत, वैशाखमा प्रकृतिको सुन्दरता खुल्ने र मौसमसमेत न्यानो हुने भएकाले यो समयमा घुमघाम र पूजाआजा गर्ने दुवै खालका पर्यटक आउने गर्छन् ।

    उच्च क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटविरुवा, गुराँस, रेडपाण्डासहितका जीवजन्तुको अवलोकन गर्दै पुग्न सकिने पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालकोसमेत अवलोकन गर्न सकिन्छ । धार्मिकरुपले महत्वपूर्ण मानिने पाथीभरामा पुग्नेले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन् । सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्म सवारीसाधनमा र सोभन्दा माथि हिँडेर जानुपर्छ । काफ्लेपाटी र त्यसमाथि रहेको माथिल्लो फेदीमा दर्जनौं होटल, पसल सञ्चालनमा छन् ।

    जति हेरे पनि हेरिरहँु लाग्ने मनमोहक फुङ्फुङे झरना पनि यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो । मिक्वाखोला गाउँपालिकाको साँवामा पर्ने यो झरनामा करिब तीन सय मिटर माथिबाट आरामदायी ध्वनिका साथ कञ्चन पानी झरेको दृश्य देख्न सकिन्छ । यो झरना हिउँदको समयमा पानी सुकेर केही सानो र बर्खाको समयमा निक्कै ठूलो देखिन्छ । झरना भएको ठाउँसम्म नै सवारीसाधन पुग्छन् ।

    झरनाको अवलोकन गर्ने ठाउँसम्म पुग्न सडकदेखि करिब दुई सय मिटरभन्दा लामो दूरीमा पैदलमार्ग निर्माण भएको छ । झरनाको दृश्य अवलोकनका लागि हेर्ने र बस्ने ठाउँसमेत बनाइएको छ । झरनाको अवलोकनसँगै झरनासहितका तस्बीर कैद गर्न सकिन्छ । नजिकै लिम्बू समुदायको बसोबास भएकाले उनीहरुको रहनसहन समेत देख्न पाइन्छ । सदरमुकामदेखि सो क्षेत्रमा पुग्न सवारी साधनमा करिब तीन घण्टा लाग्छ ।

    मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकाअन्तर्गत साविकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो । चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको पोखरी चार सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व–पश्चिम चौडाई रहेको जानकारहरु बताउँछन् ।

    विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ । वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ । यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ । पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने जनविश्वास छ । पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने पनि मान्यता रहिआएको छ ।

    मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन् । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाललगायतका फूलहरुले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ ।

    विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी केञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखतीलगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, गोठालाहरुसँग गोठमै खानु बस्नुको मज्जा छुट्टै छ । गोठमै पनि खान र बस्न पाइन्छ । पछिल्लो समय पदमार्गका केही ठाउँमा होमस्टेसहित होटल पनि खुलेका छन् ।

    यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुई दिनकोसम्मको यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सवारी साधनमा पुगिन्छ । सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ । पोखरीको आसपासमा अरु पनि ससाना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरीलगायतका दर्जनौं पोखरीहरु रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ ।

    दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ । ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ । धार्मिक रुपमा महत्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन् ।

    करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ । पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ । यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ । यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी पोखरीमा वैशाखदेखि असोजसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । सदरमुकामदेखि सवारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ ।

    यता सदरमुकाम फुङलिङ बजार नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि ती ठाउँको विकासमा समेत स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।

     

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.