काठमाडौं १३ वैशाख
आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा (एमाले) र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागेका छन् ।
२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए ।
अहिले पनि एमालेले हरेक निर्वाचनमा ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ। अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हालेका थिए।




