काठमाडौँ १८ वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषयमा शुक्रबार मात्रै निर्णय लिने भएको छ।सोमबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहे पनि कुनै निष्कर्ष ननिस्किएको बैठकपछि महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।
आज बसेको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ–आफ्ना धारणा राखेका थिए।पुरानै अडानको माहोल बनेमा सरकारमा सहभागी हुन सक्ने विषय बैठकमा उठेको थियो ।




