देवघाट गाँउपालिकाले कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्ने भएको छ । गाँउपालिकाको निर्णय अनुसार देवघाट गाँउपालिका ३ की छात्रा उनीमाया थापालाई प्रोत्साहन स्वरुप नगद रु. पचास हजार सहित सम्मान गरिने देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो ।
सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई केही सहयोग होस भन्ने हेतुले सम्मान गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई आगामी दिनमा समेत सम्मान गरिने देवघाट गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले बताउनुभयो ।
उनीमायाले वि.स. २०७८ सालको परीक्षामा देवघाटमा रहेको सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ३.२३ जिपिए प्राप्त गर्नुभएको थियो ।




