चितवन ३१ असार
चितवनको टिकौली जंगलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। आइतवार विहान १० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बीच बिपरीत दिशाबाट जाँदै गरेको लु२च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठोक्किएको थियो ।
दुर्घटनामा ना१७च ६८०० नम्बरको कार चालक चितवनको कालिका नगरपालिका–६ बस्ने बर्ष ४६ का टेकनाथ वाग्ले घाइते भएको चितवन प्रहरीले जनाएको छ । तिनै सवारी साधन र दुई जना चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




