• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

कावासोतीका किसान कागतीखेतीमा


  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
  • मध्यविन्दु ५ साउन
    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ ।

    Advertisement

    पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो ।

    लम्सालले भन्नुभयो, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।

    लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले सहजीकरण गरिरहेको छ । “स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो”, उहाँले भन्नुभयो, “अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।”

    उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उहाँले बताउनुभयो ।

    गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गर्नुभएको छ । उहाँले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिकरुपा खेती सुरु गर्नुभएको हो ।

    “सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो”, ढुङ्गानाले भन्नुभयो, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।”

    जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन् । यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ ।

    परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन् । परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०७५÷७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ ।

    “परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो”, कृषि अधिकृत शर्माले भन्नुभयो, “अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

    तुलनात्मकरुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उहाँको भनाइ थियो । शर्माले भन्नुभयो, “यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिनुभएको छ ।”

    शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन् । “यस वर्ष व्यक्तिगतरुपमा एक हजारसम्म बिरुवा लगाउने किसान छन्”, उहाँले भन्नुभयो, “गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् ।”

    “पहिलो वालीले नै राम्रो उत्पादन दिन थालेपछि आयमूलक बालीका रुपमा किसानले कागती खेतीलाई लिएकाले साना किसान पनि यसतर्फ आकर्षित भएका हुन्”, शर्माले भन्नुभयो, “सुन्तला र फलफूल जोन कार्यक्रममार्फत क्षेत्र विस्तार गरी नर्सरी निर्माण भइरहेको छ ।”

    नेवारवारी, राईकोट र रानीटारमा निर्माण गरिएका नर्सरीबाट प्रत्येक वर्ष ५० हजार बिरुवा तयार भइरहेको परियोजनाले जनाएको छ । यस वर्ष तयार भएका बिरुवामध्ये २५ हजार जिल्लाका कृषकलाई र पाँच हजार डिभिजन वन कार्यालयलाई बिक्री गरिएको छ ।

    कृषि अधिकृत शर्माका अनुसार आगामी वर्षका लागि २० हजार ग्राफ्टेड र विजु बिरुवा जगेडा गरी राखिएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ धरधुरी यस खेतीमा संलग्न रहेका उहाँले जानकारी दिनुभयो ।

    परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ । “सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएका छौँ”, कृषि अधिकृत शर्माले भन्नुभयो, “परियोजनाअन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक सहकारी, ८० उद्यमी आबद्ध छन भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् ।”

    रासस

    शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.