• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु : प्रधानमन्त्री दाहाल


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • काठमाडौँ १२ साउन

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताउनुभएको छ । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ ।

    “भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु”, उहाँले भन्नुभयो । सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उहाँले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसङ्घ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

    सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका क्रममा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटन समारोहमा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्रको अध्यक्षका हैसियतमा सम्बोधन गर्नुभएको थियो ।

    उहाँले सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रका रुपमा लिइएको ‘खाद्य प्रणालीमा रुपान्तरणको अभ्यास, सफलता र आगामी बाटो’ मा नेपालका प्रतिनिधित्व गर्दै मुख्य वक्ताका रुपमा सम्बोधन गरेको बताउनुभयो । “सम्मेलनका क्रममा ‘विद्यालय खाजा कार्यक्रमसम्बन्धी सत्र’लाई पनि सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरेँ”, उहाँले भन्नुभयो ।

    सम्मेलनको मुख्य सत्रलाई सम्बोधनका क्रममा आफूले खाद्य सुरक्षा, पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाद्यमा सहज पहुँच, दिगो कृषि विकास, गरिबी निवारण, भोकमरीको अन्त्यलगायत ‘एजेन्डा–२०३०’ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको प्रधानमन्त्रीले दाहालको भनाइ छ । “अतिकम विकसित मुलुकका करोडौँको सङ्ख्यामा रहेका जोखिममा परेका नागरिकलाई आशाको दियो सञ्चार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सामूहिक प्रतिबद्धता देखाउनुपर्ने खाँचो पनि प्रस्ट पारेको छु”, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री दाहालले विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि प्रविधि, मल, बजार, पूँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताउनुभयो । उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसङ्घका महासचिव, इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत सम्बोधन गर्नुभएको थियो ।

    “विद्यालय खाजासँग सम्बन्धित सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारबाट भएका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेँ”, उहाँले भन्नुभयो, “दिवा खाजा कार्यक्रमसम्बन्धी नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो ।” नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाखभन्दा बढी बालबालिका लाभान्वित भएका छन् । उक्त कार्यक्रमबाट विद्यार्थीको भर्ना सङ्ख्या, हाजिरी, र उनीको सिकाइको स्तरमा उल्लेख्य परिवर्तन आएको छ । नेपालले गत पाँच वर्षमा दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेको छ ।

    प्रधानमन्त्री दाहालले सम्मेलनका दौरान औपचारिक कार्यक्रमका अतिरिक्त महत्वपूर्ण द्विपक्षीय भेटवार्ता तथा संवाद भएको जानकारी दिनुभयो । सम्मेलनका क्रममा आफूसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गटुरेसको भेट भएको र सो भेटमा संयुक्त राष्ट्रसङ्घ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पु¥याएको योगदान, बहुपक्षीयता, जलवायु परिवर्तन, गरिबी निवारण तथा खाद्य सुरक्षालगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

    सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटघाट भएको जानकारी दिँदै उहाँले भेटमा नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बङ्गलादेशबीचको सहकार्यलगायत विषयमा सौहाद्र्रपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

    “बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ, आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने सहमति भएको थियो । “त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत् निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ”, प्रधानमन्त्री दाहाले भन्नुभयो, “बङ्गलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।”

    उहाँले भ्रमणका क्रममा गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायसँग विभिन्न विषयमा छलफल गरेको जानकारी दिनुभयो । सातदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गर्नुभयो ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.