• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

  • १०. संघीय संसद्को बैठक बस्दै

स्याउखेतीतर्फ आकर्षित


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • मनाङ २१ साउन

    Advertisement

    हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आउनुभएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लाग्नुभएको छ ।

    परम्परागत स्याउ खेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउ खेती गर्न थाल्नुभएको गुरुङ बताउनुहुन्छ । उहाँले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भट्मास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै आउनुभएको थियो । यी बाली ढिला र कम उत्पादन हुने भएकाले हाइब्रिड स्याउ खेती गर्न थालिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेहनतअनुसार खासै आम्दानी लिन नसकेपछि फेरेका हौं ।”

    परम्परागत खेतीबाट मेहनतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउ खेती गर्न थालेका छन् । विकासे स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा यसलाई विस्तार गर्दै गएका छन् । सुरुआतमा चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फर्म’ले स्याउ खेती गरेको गुरुङले बताउनुभयो । यहीँबाट प्रोत्साहन हुँदै मनाङका किसानले उच्च प्रविधिका स्याउ खेती विस्तार गर्दै गइरहेको उहाँले बताउनुभयो । “यही फर्मबाट अधिकांश मनाङका किसानले विभिन्न प्रजातिका स्याउका बिरुवा विस्तार गर्दै गइरहेका छन्, यसले आम्दानी पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो । फर्मले सुरुआतमा इटाली र सर्बियाबाट ल्याएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तार गर्दै गएको छ ।

    चार वर्षअघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लगाएको एक वर्षदेखि नै उत्पादन लिन थालेको हो, फल दिएको चार वर्ष भयो ।” करिब रु.१० लाख लगानी गरेको उहाँले बताउनुभयो । लगानीअनुसार उत्पादन राम्रो हुने भएपछि उहाँ खुसी हुनुहुन्छ ।

    त्यस्तै नासों गाउँपालिका–६ तिल्चेका टङ्क गुरुङले पनि विकासे स्याउ खेती शुरु गर्नुभएको छ । तीन रोपनीमा यही प्रजातिका स्याउ खेती गर्दै आउनुभएको छ । यसको प्रजातिको स्याउ खेतीबाट छिटो उत्पादन लिन सकिने भएकाले लगानी छिटै उठ्ने उहाँले बताउनुभयो । “यहाँ उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या भने रहेको छ, उत्पादनले भने आकर्षित भएका छौं”, उहाँले भन्नुभयो । अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्तापित गर्दै उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ लागेको पाइन्छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् ।

    मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउ खेतीलाई अनुसरण गर्दै गएको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन वृद्धि हुँदा आयस्तरमा पनि बढ्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको पाइएको छ । किसानको बारीमै पुगेर प्राविधिक सेवा दिदै आएको प्रमुख सिलवालले बताउनुभयो । “ज्ञान केन्द्रसँगै पालिकामार्फत पनि किसानको सहज रुपमा समस्या समाधानका लागि प्राविधिक खटिन्छन्, जसले कृषकलाई सहज भएको पाइएको छ”, उहाँले भन्नुभयो । मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउ खेती विस्तार भइरहेको उहाँले बताउनुभयो ।

    यस प्रविधिको स्याउको सुरुवात र विकास

    एग्रो मनाङ प्रालिबाट यस प्रविधिमार्फत स्याउ उत्पादनको पहिलो सुरुआत भएको हो । मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले सात सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ । यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको छ । यस प्रालिले लगाएको स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्ने गरेको प्रालिका अध्यक्ष समराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष चार सय ५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

    गतवर्ष चार सय मेट्रिक टन बढी स्याउ उत्पादन भएको थियो । स्याउबाट वार्षिक रु.पाँच करोडभन्दा बढी आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । पूर्व सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियाबाट विभिन्न प्रजातिका स्याउको बेर्ना ल्याएर स्याउ खेती प्रारम्भ गर्नुभएको हो । एग्रो मनाङको स्याउ काठमाडौं, पोखरा लगायत विभिन्न प्रमुख शहरका साथै ठूला–ठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा बिक्री हुन्छ । ‘हाइडेन्सिटी’ प्रविधिबाट फलेका स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।

    समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको सात वर्ष भयो । स्याउलाई भण्डारण गर्न भ्राताङ, बेसीशहर र काठमाडौंमा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गरिएको छ । एग्रो मनाङले हालसम्म रु.दुई करोड २४ लाख अनुदान सहयोग पाएको छ । “अहिले पनि नेपालमा बाहिरी देशबाट रु.१३ सय करोडको स्याउ आयात हुन्छ, देशको करोडौं रकम बाहिर जान्छ, देशमा खपत हुने गरी स्याउ उत्पादन गर्नुपर्छ, स्याउ खेतीलाई अझ प्रोत्साहन र उत्पादन गरी स्वदेशमा खपत हुने यही उत्पादन हुनुपर्छ”, पूर्वसांसद पोल्देनले भन्नुभयो, ‘हिमाली क्षेत्रमा यसैगरी फर्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिन्छ ।’ यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको र ठूलो क्षेत्रमा रहेको स्याउ फर्म साउथ एसियामै ठूलो रहेको उहाँको दावी छ ।

    फर्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । उक्त जग्गा २७ वर्षका लागि रु.१२ करोड ९१ लाख ११ हजारमा भाडामा लिएर स्याउ खेतीको क्षेत्रफल बढाइएको उहाँले बताउनुभयो । यस फर्ममा अहिलेसम्म रु.३० करोड लगानी गरिसकेको अध्यक्ष गुरुङले बताउनुभयो ।
    गुरुङका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले रु.दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान पाएको छ । बाँकी लगानी बैंकमार्फत जुटाइएको उहाँले बताउनुभयो । फर्ममा रहेका ६२ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ । फर्ममा प्रत्यक्ष रुपमा ३२ जना रोजगारर भएका छन् ।

    स्याउको विस्तार

    कृषि ज्ञान केन्द्र मनाङको तथ्याङ्कअनुसार १३ हजार बढी क्षेत्रफलमा यो प्रविधिको स्याउ खेती विस्तार भएको छ । ज्ञान केन्द्रका अनुसार पछिल्लो समय कृषक छनोट गरी व्यवस्थापनमा ५० र बिरुवामा ७५ प्रतिशत अनुदान समेत उपलब्ध गराएको छ । राम्रो उत्पादन भएमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुने ज्ञान केन्द्र मनाङका प्रमुख सिलवालले बताउनुभयो ।

    समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाईभन्दा माथि यस प्रविधिको स्याउ राम्रो फल्ने र स्वादिलो हुने उहाँले बताउनुभयो । स्याउ स्वादिलो भएपछि माग समेत उच्च रहेकाले यसतर्फ किसानको आकर्षण बढेको सिलवालले बताउनुभयो । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन, काठमाडौं देखि अन्तराष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    स्थलमार्गको पहुँचमा समस्या

    मनाङको स्थलमार्गको पहुँचमा समस्या रहेको छ । यसले गर्दा मनाङमा उत्पादित वस्तु निर्यातमा समस्या हुने गरेको छ । यहाँको स्थलमार्गलाई सहज बनाउन सकेमा उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज हुन्छ । तर, मनाङ आवतजावतका लागि एउटा मात्रै स्थलमार्ग हुँदा पनि यो मार्ग निर्माणमा कठिनाइ छ ।

    सडक सञ्जालको ट्रयाक खोलिएको २० वर्ष बितिसक्दा पनि सुधार भएको छैन । यसले गर्दा मनाङमा उत्पादित वस्तु बजारसम्म सग्लो पु¥याउन मुस्किल छ । मनाङबाट वस्तु सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एकापसमा ठोक्किएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पुरा बिक्री गर्न नसक्दा किसान नोक्सान व्यहोर्न बाध्य छन् ।

    सडक सञ्जाल सहज भएमा यहाँबाट बजारसम्म पुग्दा स्याउ समयमा र सग्लो पु¥याउन सकिने किसान बताउँछन् । यहाँबाट समयमा बजारसम्म स्याउ पु¥याउन सकेमा जिल्लाकै आयस्तर बढ्ने जिल्लावासीको भनाइ छ । मनाङको विकास र सडक सञ्जाललाई सहज बनाउने कार्यमा सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्नुपर्ने आवश्यकता छ । रासस

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.