• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

शिव सर्किटको शुभारम्भ


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • भक्तपुर २१ साउन 

    Advertisement

    सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई), वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै मन्दिरका बारेमा जानकारी दिन थाल्नुभयो ।

    ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले निर्माण गरेको शिव सर्किटको परिक्रमा गर्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको नेतृत्वमा आयोजना गरेको शिव सर्किट (परिपथ) परिक्रमा कार्यक्रममा यस नगरभित्रका १५ वटा शिवालयको एकैदिन परिक्रमा गरिएको हो ।

    शिव सर्किट परिक्रमा कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भट्टराई, वडा नं १ देखि १० सम्मका वडाध्यक्ष क्रमशः सानुकाजी कायस्थ, प्रदीप कार्की, दीपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यपालिकाका सदस्यहरु, कर्मचारीलगायत १०० भन्दा बढीको सहभागिता रहेको थियो । वडा नं १ देखि १० सम्मका ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरको परिक्रमा गरी यहाँको महत्वकोबारेमा जानकारी प्रदान गरिएको थियो ।

    नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै रुटबाट जोडेर सवारीसाधन र पैदल दुवै मार्गबाट भ्रमण एवं परिक्रमा गर्न सकिने गरी नगरपालिकाले निर्माण गरेको शिव सर्किटले धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको भौतिक तथा आर्थिक विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले शिव सर्किट निर्माण गरेका हौँ ।”

    यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले एकैदिन यहाँका प्रसिद्ध १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरसम्म दर्शन एवं पूजा गर्न सकिने र यहाँको डाँडाकाडा नियाल्दै प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिनेछ । पर्यटक एवं दर्शनार्थीलाई सजिलैसँग शिव सर्किटअन्तर्गत रहेका यहाँका शिवालयको परिक्रमा गर्न सकिने गरी नगरपालिकाले यहाँका प्रत्येक ग्रामीण क्षेत्रका सडकलाई कालोपत्र गरी पक्की बनाइएको छ ।

    अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसअन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १५ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्ने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले जानकारी दिनुभयो ।

    नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल गरिएको थियो । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको थियो । नगरपालिकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं १० चित्तपोलमा लगेर टुङ्गिने गरी यहाँका १५ वटा मन्दिर पुगिने शिव सर्किटको रुट निर्धारण गरिएको थियो ।

    बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमशः सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र महाकालेश्वर मन्दिर जोडदै निर्माण गरिएको शिव सर्किटले पूर्णता पाएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

    सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि पदमार्गको निर्माण गरिएको छ । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पूरा गर्न सकिन्छ । शिव सर्किट परिक्रमा गर्दै वडा नं ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायकको डोलेश्वर महादेव, आशापुरी महादेव, कैलाशनाम महादेवमा बढी दर्शनार्थी आउने गरेपनि यहाँ आउने दर्शनार्थी एवं पर्यटकलाई एकै दिनमा यहाँका सबै शिव मन्दिरमा जान पे्ररित गरिने बताउनुभयो ।

    डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको, भारतबाट यहाँ आउने पर्यटक एवं दर्शनार्थीको सङ्ख्या बढ्दो छ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तालुलाई सबै मन्दिरमा जान अभिप्रेरित गर्ने सबै मन्दिरमा नगरपालिकाले शिव सर्किटको रुटसहितको नक्सासमेत राखिएको छ । सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोडेको छ ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.