• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

विकासमा फड्को मार्दै निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • जानकी (बाँके)१ भदौ 

    Advertisement

    बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो ।

    विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि हालसम्म श्री अर्जुनवाण गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । सेनाले निकुञ्जभित्र भौतिक पूर्वाधार निर्माण गर्ने, २४सै घन्टा पैदल तथा साइकल गस्ती, गाडीबाट पेट्रोलिङलगायत सुरक्षाका क्षेत्रमा काम गरिरहेको अर्जुनवाण गणका प्रमुख सेनानी अशोक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको २०७९÷८० मा सेनाले एक लाख ७७ हजार सात सय पाँच किलोमिटरको दूरीमा १५ हजार चार सय ९३ पैदल गस्ती गरेको छ ।

    उक्त गस्तीमा छ सय ४५ सवारीसाधन प्रयोग भएका गणपति खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गस्तीमा प्रयोग भएका सवारीसाधनले करिब २४ हजार एक सय ३५ किलोमिटरको दूरीमा गस्ती गरेका थिए ।

    गणपति खड्काका अनुसार निकुञ्ज क्षेत्रमा दुई हजार चार सय ४८ साइकल, चार वटा डुङ्गा, ११ हात्तीको प्रयोग गरेर गस्ती गरिएको थियो । डुङ्गाले तीन सय ५१ किमी तथा हात्तीको प्रयोगबाट एक सय २२ किमीको दूरीमा गस्ती गरिएको उहाँले जानकारी दिनुभयो ।

    गणपति खड्काका अनुसार गत आवमा वन्यजन्तु र मानवबीचको द्वन्द्वमा मानवीय क्षति भएको तथ्याङ्क शून्य रहेको छ । “गत आवमा वन्यजन्तुद्वारा मानवीय क्षति भएको तथ्याङ्क शून्य छ”, उहाँले भन्नुभयो, “यसलाई हाम्रो सफलताका रुपमा लिएका छौँ ।”

    महेन्द्र राजमार्गअन्तर्गत निकुञ्जलाई छोएर दैनिक एक हजार छ सयदेखि १७ सय गाडीको ओहोरदोहोर हुने जनाउँदै उहाँले यात्रुको भेषमा वन्यजन्तु चोरी सिकारका लागि केही पनि आउनसक्ने भएकाले छ ठाउँमा सिसिटिभी जडान गरिएको जानकारी दिनुभयो । गणपति खड्काका अनुसार राजमार्गमा गुड्ने सवारीसाधनलाई प्रवेश गराउने क्रममा वन्यजन्तु नतर्सियोस् भन्नका लागि ‘भेइकल ट्रयाकिङ एण्ड रिकगनेसन सिस्टम’ (भिटिआरएस) को व्यवस्था गरिएको छ ।

    निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सुरक्षित खाना र बासस्थानकोसमेत व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताउनुभयो । उहाँका अनुसार वन्यजन्तुका लागि पानी पोखरी, बाघको बासस्थान, वन्यजन्तुका लागि घाँसे मैदान, जैविक मार्गलगायत अन्य भौतिक संरचना निर्माण गरिएका छन् ।

    निकुञ्ज स्थापना भएसँगै बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो मानिएको संरक्षण अधिकृत साहले बताउनुभयो । बाघका लागि खाना तथा पानीको उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या पनि बढेको उहाँको भनाइ थियो । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१० मा चार बाघ रहेकामा सन् २०१८ मा २१ र सन् २०२२ को गणनाअनुसार २५ बाघ रहेका छन् ।

    निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आहारविहार, सुरक्षित बस्ने ठाउँ, पानीका लागि पोखरीको व्यवस्था गरेसँगै बाघको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकन सहज र सुरक्षितरुपमा गराउने उद्देश्यले हालसम्म १८ मचान निर्माण गरिएका छन् ।

    निकुञ्जमा वर्षाको पानी सङ्कलन हुनेगरी प्राकृतिक पानी पोखरी र सोलारबाट सिञ्चित हुने गरी दुई किसिमका पानी पोखरी निर्माण गरिएको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जभित्र ६० प्राकृतिक पोखरी र नौ वटा बोरिङसहितका पोखरी छन् ।

    निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेञ्चुरीसँग जोडिएको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्गका साथै कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्ड लाइफ सेञ्चुरी क्षेत्रसँग सिमाना जोडिएको छ ।

    बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ‘हात्ती सफारी’ सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउँदै विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताउनुभएको थियो ।

    मध्यवर्ती क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गवार र गाभरमा होमस्टे (घरबास पर्यटन) समेत सञ्चालनमा ल्याइएको सूचना अधिकारी भुसालको भनाइ थियो । ओभरी, खड्गवार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

    यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । जैविक विविधताको दृष्टिले आठ वटा पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पन्छी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरीसृप) तथा छ प्रजातिका उभयचर प्राणी पाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिनुभयो । उहाँका अनुसार सालक, हुँडार, चौका, जङ्गली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु रहेका छन् ।

    यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका साहले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका सात स्तनधारी यहाँ पाइन्छन् ।

    यो निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएकाले ठूला वन्यजन्तुका लागि महत्वपूर्ण बासस्थानका रुपमा मानिएको छ । निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर–बबई रत्नराजमार्ग ३० किमीको रहेको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा आव २०७९÷८० मा ३८ वन्यजन्तुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै १७ चित्तल र पाँच बंदेल रहेका छन् । त्यस्तै, सोही आवमा २८ वन्यजन्तुको उद्दार गरिएको छ ।

    नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीयको सहकार्य तथा समन्वयमा निकुञ्जको सुरक्षा, चोरी शिकारी नियन्त्रणलगायत काम गर्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा निकुञ्ज संरक्षणप्रति सकारात्मक दृष्टिकोण बन्दै गएकाले उहाँहरुले ‘निकुञ्ज संरक्षण अभियान’मा साथ दिनुभएको उहाँको भनाइ थियो ।

    साहका अनुसार हाल प्रमुख कार्यालय(हेडअफिस) र क्षेत्रीय (सेक्टर) कार्यालयसहित १८ स्थानबाट संरक्षण तथा व्यवस्थापनको काम भइरहेको छ । “हात्तीका लागि दुई वटा सेडघर निर्माण गरिएका छन् । वन्यजन्तु चोरी, सिकारी रोक्न तथा जनावरका गतिविधि बुझ्नका लागि जङ्गलभित्र ठाउँठाउँमा आधुनिक ‘क्यामरा ट्यापिङ’ प्रविधि जडान गरिएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार निकुञ्जअन्तर्गत नौ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् ।

    बाँके राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लामा अवस्थित देशकै कान्छो राष्ट्रिय निकुञ्ज हो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित गरिएको यस पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रमा पर्दछ । स्थापना भएको एक दशक पार गरिसक्दा यस निकुञ्जले विकासका क्षेत्रमा फड्को मार्दैछ । बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना भएको यस निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग सिमाना जोडिएको छ ।

    निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीअन्तर्गत ५७औँ स्थानमा राखेको सूचना अधिकारी भुसालले बताउनुभयो । वन्यजन्तुको संरक्षण गरी चोरी सिकारी रोक्ने, आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन सहज बनाउने, वन्यजन्तुका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, उचित बासस्थान लगायतको व्यवस्थापनामा निकुञ्जले उल्लेख्य प्रगति गरिरहेको उहाँले बताउनुभयो ।रासस

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.