• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

विपद् न्यूनीकरण गर्न जुट्दै तनहुँका स्थानीय तह


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • तनहुँ ११ भदौ 

    Advertisement

    तनहुँ बाढी र पहिरोको जोखिम क्षेत्रमा पर्दछ । वर्षायाम सुरु भएसँगै जिल्लामा ठूला नदी मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान गर्नुका साथै पहिरोले जनजीवन प्रभावित बनाएको छ ।

    बाढीपहिरो र कटानका कारण यहाँका स्थानीय तहलेसमेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न जिल्लाका १० पालिका र भू तथा जलाधार व्यवस्थापन कार्यालय जुटे पनि प्रभावकारीरुपमा विपद् न्यूनीकरण हुन सकेको छैन ।

    तनहुँमा व्यास, शुक्लागण्डकी, भिमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दिपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकाले बाढी र पहिरोको क्षतिलाई न्यूनीकरण गर्नका लागि पूर्वतयारी थालेको जनाएका छन् । म्याग्दे गाउँपालिका बाढी र पहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछ । केही वर्ष पहिले म्याग्दे गाउँपालिका–१ बाख्रेमा पहिरोले घर पुरिँदा एकैपरिवारका सात जनाको मृत्यु भएको थियो ।

    वर्षायाममा नदीको बहाव बढ्दा आफूहरुलाई बाढीपहिरोकै चिन्ताले सताउने गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । बाढीपहिरोबाट हुने क्षतिलाई नियन्त्रण गर्न पालिका प्रत्येक वर्ष रकम विनियोजन गर्दै आइरहेको उहाँको भनाइ थियो ।

    यसपटकको वर्षाले म्याग्दे–५ छाङ पाटनमा पहिरो जाँदा करिब तीन सय मिटर खानेपानीको पाइप बगाउनुका साथै गुणादी र अकला खोलाले खेतीयोग्य जमिन कटान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका सेती जलाशययुक्त जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रभित्र पर्दछ ।

    “वर्षायाम सुरु भएपछि कतै बाढी र पहिरोले क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले सताउने गर्छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “क्षति पुर्‍याएको खबर पाएलगत्तै अनुगमन गरी तत्काल राहतका कार्यक्रम गर्दै आएका छौँ ।” नदीले खेत कटान गरे तारजालीको प्रबन्ध गरिएको जनाउँदै उहाँले पहिरोले खानेपानीमा क्षति पु¥याए अस्थायी पाइपको व्यवस्था गरिएको बताउनुभयो । पालिकामा बाढीपहिराको क्षतिका बारेमा बुझ्न प्रहरीको सहयोगमा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    व्यास नगरपालिका मादी र सेती नदीको कटान क्षेत्रभित्र पर्दछ । दुई सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको व्यास नगरपालिकाका १४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा पर्ने क्षेत्र हुन् । मादी नदीले नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र १०, सेती नदीले नगरपलिकाको १३ र १४ मा बर्सेनि कटान गर्ने गरेका नगरपालिकाको कार्यालयले जनाएको छ । पालिकाभित्र पर्ने कलेस्ती, बुल्दी, रिस्ती र छाब्दीलगायत सहायक खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै गइरहेका छन् ।

    अधिकांश प्रकोपजन्य योजना वडातहबाटै माग भई आउने भएकाले वर्षायामको समयमा आकस्मिकरुपमा हुने बाढीपहिरो नियन्त्रणका लागि तारजाली र पर्खाल निर्माणलगायतका काम नगरपालिकाले गर्दै आएको व्यास नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका वरिष्ठ इन्जिनियर डा राजु पौडेलले बताउनुभयो । व्यास क्षेत्रमा पहिरोभन्दा पनि बाढीका कारण बर्सेनि खेतीयोग्य जमिन बगाउने भएकाले यसको नियन्त्रणका लागि वडातहसँग समन्वय गरी संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको उहाँको भनाय थियो ।

    “बाढीपहिरोको क्षतिमा प्रायः वडा तहबाटै योजना माग भई आउने गर्दछन्”, वरिष्ठ इन्जिनियर पौडेलले भन्नुभयो, “वर्षायाममा हुने प्रकोपजन्य क्षति र यसबाट हुने असरका बारेमा हामीले तत्कालै सम्बोधन गर्दै आएका छौँ ।” उहाँका अनुसार बाढी, पहिरो नियन्त्रणका लागि नगरपालिकाले असारमा मात्रै ३ सयभन्दा धेरै तारजाली पठाएको छ ।

    त्यस्तै, भिमाद नगरपालिका र देवघाट गाउँपालिका पनि बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछ । घिरिङ गाउँपालिकाले वर्षायाममा कालीगण्डकीको बहाव र पहिरोको समस्या झेल्दै आएको छ ।

    कालीगण्डकी बस्तीमै पस्ने गरी समस्या सिर्जना नगरे पनि ग्रामीण क्षेत्र र पालिकाभित्रका सडकको दायाँबायाँ पहिरो जाने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । दैवीप्रकोपमा परेकालाई तत्काल सम्बोधन गर्नका लागि पालिकाले विपद् व्यवस्थापन कोषबाट सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । “हाम्रो पालिकामा कालीगण्डकीकोभन्दा पनि पहिरोको जोखिम उच्च छ”, उहाँले भन्नुभयो, “प्रकोपजन्य विपद् जुनबेला पनि आउन सक्छ भनेरै हामीले ८० थान जति तारजाली व्यवस्थापन गरी राखेका छौँ ।”

    शुक्लागण्डकी नगरपालिकाले विपद् प्रतिकार्य योजना नै बनाएर विपद् व्यवस्थापनमा जुटेको जनाएको छ । बाढीपहिरोको उच्च प्रभावित क्षेत्रमा शुक्लागण्डकी नगरपालिका पर्ने भएकाले रू दुई करोड बराबरको विपद् व्यवस्थापन कोष बनाएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले जानकारी दिनुभयो । पालिकाभित्रका १, ३, ११ र १२ नम्बर वडा पहिरोको र ४ र ८ सेती नदीको कटानको जोखिममा रहेको उहाँले बताउनुभयो ।

    “हाम्रो वडा सेतीको कटान र पहिरो दुवैको उच्च जोखिममा छ”, विकले भन्नुभयो, “त्यसैले विपद्को समयमा स्थानीय सरकार पनि सक्षम हुनुपर्छ भन्ने ठानेर दुई करोड राशिको कोष खडा गरेका छौँ ।” भानु नगरपालिका भित्र पहिरोको उच्च जोखिममा रहेको पालिका हो । यहाँ मस्र्याङ्दीको बहाब बढ्दा खेतीयोग्य जमिन कटान र पहाडी भूभाग भएकाले पहिरोको अत्यधिक समस्या रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । विपद् व्यवस्थापनका लागि विपद् कोषमा यस वर्ष रू ८० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    आँबुखैरेनी गाउँपालिकामा मस्र्याङ्दीको बहाव बढ्दा वडा नं १ मा पर्ने मस्र्याङ्दी जलविद्युत् गृहको बाँध नजिकैका बस्ती डुबानको जोखिममा पर्ने गरेका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ४, ५ र ६ पहिरोको उच्च जोखिममा पर्दछन् । पालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी रू ५० लाख कोषमा जम्मा गरेको जनाइएको छ ।
    पालिकाभित्र धेरै पहाडी क्षेत्र पर्ने भएकाले पहिरोले बर्सेनि ग्रामीण सडक पुर्ने गर्छ”, अध्यक्ष चुमानले भन्नुभयो, “ग्रामीण सडकमा खसेको पहिरो पन्छाएर यातायात सहज बनाउनमै हाम्रो धेरै रकम खर्च हुने गर्दछ ।”

    प्रत्येक वर्ष बाढीपहिरोले करोडौँ क्षति पुर्‍याउने गरेको भिमाद नगरपाकिाका प्रमुख दधीराज सुवेदीले बताउनुभयो । यसपटकको वर्षाले पाँच सय रोपनी धान फल्ने बुढुवा खोला खेतमा क्षति पुर्‍याएको, क्याङ्दी र जिदी खोलालगायत सेती नदीको कटान, श्रङ्ग मार्गमा पहिरो जाँदा करोडौँ बराबरको क्षति पुर्‍याएको उहाँको भनाइ थियो । उहाँका अनुसार पालिकाले विपद् व्यवस्थापन कोषमा रू ३५ लाख विनियोजन गरेको छ ।

    ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विपद् कोषमा रू आठ लाख र भैपरी आउने कोषमा रू १२ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । “अहिलेसम्म हाम्रो वडामा बाढी र पहिरोले खासै प्रभाव पारेको छैन”, उहाँले भन्नुभयो, “तर विपद् व्यवस्थापनका लागि आवश्यक सर्तकता अपनाएका छौँ ।”

    सेती, कालीगण्डकी र त्रिशूलीलगायत खहरे खोलाले गर्ने कटानबाट देवघाट गाउँपालिका प्रभावित हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार पालिकाले विपद् कोष स्थापना गरी रू १० लाख विनियोजन गरेको छ ।

    जिल्लामा जनथप प्रहरीको सञ्जाल सबै पालिकामा रहेकाले बाढी, पहिरोलगायत विपद्को समयमा उच्च सतर्क अपनाइ उद्धारमा जुट्न मातहतका सबैलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अवधेष विष्टले जानकारी दिनुभयो । यहाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति गठन गरी विपद्मा राहत तथा उद्धारमा जुट्न प्रहरी तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जनाइएको छ ।

    विपद्को प्रकृति हेरी जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकोसमेत सहयोग जुटाउने गरी उद्धार टोली तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । आव २०७९/८० मा विपद्मा परेकालाई रू एक लाख ३० हजार बराबरको राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.