• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

संरक्षणको पर्खाइमा ‘नमूना थारुग्राम’


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • देउखुरी (दाङ)१७  कात्तिक 

    Advertisement

    साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।

    करिब १३ वर्ष अघि स्थापना भएका घोराही उपमहानगरपालिका-७ सिसहनियाँस्थित ‘नमूना थारुग्राम’ जीर्ण बन्दा कसैले संरक्षण गरेर जीवित बनाउला की भनेर पर्खाइमा छन् । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले तत्कालनी जिल्ला विकास समितिले स्थापना गरेको नमुना थारुग्रामको अवस्था अहिले जीर्ण बनेको हो ।

    उक्त थारुग्राम सञ्चालन र संरक्षणमा ध्यान नदिँदा २०६५ सालमा निर्माण गरिएका घर भत्किन थालेका नमुना थारुग्राम सञ्चालन समितिका पूर्वअध्यक्ष बेझलाल थारुले बताउनुभयो । स्थापना भएपछि करिब पाँच÷छ वर्ष राम्रोसँग सञ्चालन भए पनि त्यसपछि बन्द भएको उहाँको भनाइ थियो ।

    थारु जातिको परम्परागत घर, उनीहरुले प्रयोग गर्ने भाँडाकुँडा, लगाउने कपडा, बोलिने भाषा, बसाइँसराइ झल्काउने चित्रसँगै अन्य विभिन्न कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जिविसले तीन लाख १५ हजार खर्च गरेर नमुना थारुग्राम स्थापना गरेको थियो । करिब पाँच बिघा क्षेत्रफलमा रहेको उक्त थारुग्रामसँगै संग्रहालय स्थापना गर्नेगरी थारु जातिका परम्परागत पाँच घर निर्माण गरिएको पूर्वअध्यक्ष थारुले बताउनुभयो । स्थानीय सरकारले संरक्षण र सञ्चालनमा ध्यान नदिँदा अलपत्र परेको उहाँको भनाइ थियो ।

    आफ्नो संस्कृति जोगाउन युवापुस्ताले चासो दिन नसक्दा बनेका संरचना र पूर्वाधार अलपत्र अवस्थामा पुगेका थारुले बताउनुभयो । थारु समुदायको मौलिक घर, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुरुआती चरणमा काम भए पनि पछिल्लो समय राज्य तथा थारु समुदायले चासो नदिँदा थारुग्राम ओझेलमा परेको उहाँले गुनासो गर्नुभयो ।

    पूर्वअध्यक्ष थारुका अनुसार थारु समुदायका परम्परागत घर निर्माणसँगै भित्तामा थारु जातिसँग सम्बन्धित विभिन्न चित्रसमेत बनाइएको थियो । “घरका भित्तामा घोडा, हात्ती, माछा, थारुले सिखर बोकेका चित्र, घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्री राखिनुका साथै धान कुट्ने ढिकी, पिठो पिस्ने चाखी, तेल पेल्ने कोल राखिएको थियो”, उहाँले भन्नुभयो, “अहिले ती सामग्री कहाँ छन् भन्ने थाहा छैन ।”

    घरबास सञ्चालनका लागि नयाँ पुस्तामा आवश्यक ज्ञानको अभावसँगै नमुना थारु ग्रामलाई विकास गर्न स्थानीय समुदायले चासो नदिँदा अलपत्र परेको थारुले बताउनुभयो । उहाँका अनुसार सुरुमा त्यस ठाउँमा घुम्न जाने पाहुनालाई बास बस्नका लागि व्यवस्था गरिएको थियो । नमुना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु संग्रहालय स्थापना गरिने, ग्रीनपार्कलगायतका संरचना निर्माण गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि संरचना निर्माण नहुँदा १३ वर्षदेखि अलपत्र बन्न पुगेको उहाँको भनाइ थियो ।

    घोराही उपमहानगरपालिका वडा-७ का वडाध्यक्ष खोपीराम चौधरीले स्थानीयको बेवास्थाका कारण थारुग्राम अलपत्र परेको बताउनुभयो । “राज्यले लगानी गरेर बनाएको उक्त थारुग्रामको संरक्षण र सञ्चालन गर्न स्थानीय जागरुक हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयको चासो नहुँदा नमुना थारुग्राम अलपत्र परेको छ ।” थारु जातिको इतिहास, संस्कृति र रीतिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घर निर्माण गरिए पनि आर्थिक अभावका कारण सञ्चालन हुन नसकेको वडाध्यक्ष चौधरीको भनाइ छ ।

    स्थानीय सरकारले सहयोग गरे नमुना ग्रामलाई सञ्चालन गर्न सकिने थारु कल्याणकारी सभा दाङ्गका पूर्वअध्यक्ष भुवन चौधरीले बताउनुभयो । दुई वर्षअघिसम्म थारुग्रामका लागि स्थानीय सरकारले बजेट छुट्याए पनि स्थानीयवासीले चासो नदिँदा पछिल्लो समय बजेट छुट्याउन छोडिएको उहाँको भनाइ थियो । थारु कला, संस्कृति, भाषा लोप हुने अवस्थामा पुगेका बेलामा यसको संरक्षण गर्न बनाएका संरचनाको संरक्षण गर्न युवापुस्ता विशेषरुपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.