• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

घुम्दै, घुमाउँदै…


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • गण्डकी११ पुस 

    Advertisement

    मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे ।

    गलैँचा ओछ्याएर तीनैजना टुक्रुक–टुक्रुक बसे । सुरुमा भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाकाटोपी र सयपत्री माला पहिराइदिनुभयो । गुरुङपछि भेरोनिकाले उसैगरी रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिनुभयो । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाइ र फलफूल दिनुभयो । यसरी पदयात्राका क्रममा बाटैमा उनीहरूले रमाइलोसँग तिहार मनाए ।

    “हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यही तिहार मनाउने भनेर टीका र सामग्री म आफैँले बोकेर गएको थिएँ”, गुरुङले सुनाउनुभयो, “रिकार्डो र भेरोनिका स्कुले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरूसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति भएको थियो ।”

    देशभर तिहारको उल्लास छाइरहँदा गुरुङ भने रिकार्डो र भेरोनिकालाई लिएर गणेश हिमालको आधारशिविरतर्फ जाँदै हुनुहुन्थ्यो । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु नौलो कुरा भने थिएन । गुरुङले यसपालिको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाउनुभएको थियो ।

    गत वर्षको दसैँ–तिहारमा त उहाँ झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । “पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भन्नुभयो, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु ।” पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर यात्रामा जानुपर्ने उहाँले बताउनुभयो ।

    आर्थिक उपार्जनमा जोडिन पथप्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाउनुभयो । सोख र देश बुझ्ने भोकले एक्लै घुम्न निस्कने गुरुङ पर्यटक पथप्रदर्शकको काम भने परिवारको जीविकाका लागि गर्ने गरेको बताउनुहुन्छ । “घुम्ने र घुमाउने नै मेरो मुख्य पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न अझ धरै बाँकी छ”, उहाँले भन्नुभयो, “प्रचारमा नआएका गन्तव्यस्थल घुम्ने र तिनको प्रवर्द्धनमा सक्दो सहयोग पुर्याउने प्रयास गर्नेछु ।” सन् २०१८ मा पदयात्रासम्बन्धी तालिम लिएपछि सन् २०१९ देखि उहाँले पर्यटक पथप्रदर्शकको काम गर्न थाल्नुभएको हो ।

    “पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पुर्याएको थिएँ, त्यसयता पर्यटक पथप्रदर्शकको काममा निरन्तर छु, कहिले कम्पनीमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउन लैजाने गरेको छु”, गुरुङले भन्नुभयो, “वन विज्ञानमा स्नातक पढ्दापढ्दै पर्यटन क्षेत्रतिर लागेँ, अहिले यसैमा सन्तुष्टी र आनन्द लिइरहेको छु ।”

    गुरुङले नयाँ–नयाँ ठाउँमा पुग्दाका रोचकयात्रा विवरण र श्रव्यदृश्य सामग्रीलाई युट्युबलगायत माध्यमबाट सम्प्रेषण गर्दै आउनुभएको छ । उहाँले पर्यटकीय गन्तव्यस्थलबारे अखबारमा पनि लेखिरहनुहुन्छ । घुमफिर भनेपछि उहाँले सबैथोक बिर्सनुहुन्छ । उनान्तीस वर्षीय गुरुङ बेफिक्री घुम्न रुचाउनुहुन्छ । जतिसुकै कठिन र लामो यात्रामा पनि एक्लै निस्कनुहुन्छ । लाग्छ गुरुङ एक घुमन्तेको परिचय लिएर बाँचिरहनुभएको छ । “नयाँनयाँ गन्तव्य, भूगोल, संस्कृति, रहनसहन आदि देख्न र बुझन् पाइने भएकाले म घुम्न अधिक रुचाउँछु”, उहाँले भन्नुभयो, “पैदल र साइकलमा गरी विगत आठ वर्षदेखि देश घुमिरहेको छु ।”

    विसं २०७२ को गोरखा भूकम्पपछि देश घुम्ने भोक जागेको उहाँ बताउनुहुन्छ । त्यो बेला गुरुङ पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्नातक पढ्नुहुन्थ्यो । “क्याम्पसका साथी मिलेर भूकम्प प्रभावितका लागि राहत लिएर गोरखा पुगेका थियौँ”, उहाँले विगत कोट्याउनुभयो, “पहिलोपटक गोरखा टेक्दा देशभित्रै घुम्नुपर्ने ठाउँ धेरै रहेछन्, पोखराबाहिर पनि यति सुन्दर ठाउँमा रहेछ भन्ने लाग्यो ।”

    त्यसपछि उहाँमा घुमफिर गर्ने सोच झाँगिदै गयो । विसं २०७२ को भूकम्पलगत्तै देशले भारतीय नाकाबन्दी सामना गरिरहेको थियो । इन्धन अभावले गाडी कमै गुड्थे । गुरुङलाई दैनिक क्याम्पस आउजाउको सकस थियो । समयमा सवारी नपाउँदा क्याम्पस पुग्नै ढिलो हुन्थ्यो । दस हजार जोरजाम पारेर ‘सेकेण्डहेण्ड’ साइकल किन्नुभयो ।

    लामाचौरबाट क्याम्पससम्म साइकलमै ओहोरदोहोर गर्न थाल्नुभयो । “विस्तारै साइकिलिङमा मेरो मोह बस्यो, क्याम्पस मात्र नभएर टाढा–टाढासम्म साइकलमै घुम्न निस्किएँ”, गुरुङले भन्नुभयो, “साइकिलिङ र पदयात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ, खास यात्रा भनेको यही हो भन्ने लाग्छ ।”

    पोखरा आसपास साइकलमा कुँद्दाकुँद्दै गुरुङले साइकल संस्कृतिबारे सिक्नुभयो । देशभरका साइकलप्रेमीको सञ्जालमा जोडिनुभयो । ‘टुर दि पोखरा’का अवसरमा उहाँले विश्व साइकलयात्री पुष्कर शाहलगायतसँग भेट्नभयो । “चर्चित साइकल राइडरलाई देखेपछि साइकलबाटै पनि देशविदेश घुम्न सकिनेरहेछ भन्ने लाग्यो”, गुरुङले सुनाउनुभयो, “२०७४ को मङ्सिरतिर ६० हजार खर्चेर राम्रो खाले साइकल किनेँ र घुम्न थालेँ ।”

    यात्राका लागि चाहिने पैसादेखि सबै बन्दोबस्ती उहाँ आफ््नै खर्चमा जोहो गर्नुहुन्छ । “म कसैको स्पोन्सर्ड यात्रामा गर्दिन, म आफ्नै खर्चमा घुम्छु, साइकल पनि ट्युसन पढाएर बसेको पैसाले किनेको हुँ”, उहाँले भन्नुभयो, “एकल यात्रामा स्वतन्त्रता हुन्छ, अरुसँग बाँधिएर हिँड्नु पर्दैन, फेरि पदयात्रा भनेको हतारिएर गर्ने कुरा पनि होइन ।”

    पहिलोपटकको उहाँको टाढाको साइकलयात्रा भनेको पोखराबाट पर्यटकीय गाउँ सिक्लेससम्मको थियो । दुई दिन लगाएर उहाँ सिक्लेस पुग्नुभएको थियो । पछि उहाँ एकजना साथी लिएर साइकलमै गोरखाको बारपाक पनि पुग्नुभयो । ‘टुर दि लुम्बिनी’, ‘टुर दि सिन्धुलीगढी’लगायत साइकलयात्रामा सहभागी बनेको गुरुङले सुनाउनुभयो ।

    “टुर दि लुम्बिनीका क्रममा काठमाडौँबाट चार दिन लगाएर लुम्बिनी पुगेका थियौँ, सन् २०१७ र २०१८ को टुर दि लुम्बिनीमा मैले भाग लिएँ”, उहाँले भन्नुभयो, “सन् २०१८ मै पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेँ, दसैँअघि गएर छठपछि बल्ल घर फर्केको थिएँ ।” गुरुङले सोलुखुम्बुबाहेक कोशी प्रदेशका १२ र तराईका सबै जिल्ला साइकलमा घुमेर महेन्द्रनगरमा यात्रालाई बिट मार्नुभएको थियो । त्यो उहाँको हालसम्मको सबैभन्दा लामो साइकलयात्रा हो । हिमाल, पहाड, तराईबीचको एकता, भाइचारा र पर्यटन प्रवर्द्धनको सन्देश लिएर उक्त साइकलयात्रा गरेको गुरुङ बताउनुहुन्छ ।

    बन्दीपुर, भुजुुङ, घलेगाउँ, ढोरपाटनसहित गण्डकी प्रदेशका कैयन पर्यटकीय गन्तव्यस्थलको भ्रमणमा पनि उहाँ साइकलबाटै पुग्नुभएको छ । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, गुरुङ थप्नुहुन्छ, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।” गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गर्नुभएको थियो । मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उहाँले पदयात्रामा कटाउनुभएको थियो । मुस्ताङबाट डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उहाँको स्मृतिमा अहिले पनि ताजै छ ।

    “हिमपातका कारण मुस्ताङ र डोल्पाको बीचमा पर्ने याकखर्कमा सम्पर्कविहीन भएर बस्नुपर्यो, पाँच दिनसम्म धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, गुरुङले भन्नुभयोे, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”

    आफूलाई चाहिने सबै बन्दोबस्तीसहित उहाँ पदयात्रामा निस्कनुहुन्छ । टेण्ट, लुगाफाटा, खानेकुरा, भाँडाकुँडा, पकाउने ग्यास, औषधिलगायत सामग्री साथमै बोक्नुहुन्छ । हिँड्दै जाँदा जहाँ रात पर्यो त्यही रात बिताउनुहुन्छ । भरसक होटलमा नबसी गाउँलेकहाँ बस्नुहुन्छ । बस्ती नै नभेटिए सुरक्षित ठाउँ खोजेर टेण्ट हालेर सुत्नुहुन्छ । गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन हिँड्नुभएको थियो । घोषणा भएको वर्षौँ बितिसक्दा पनि ओझेलमा परेको उक्त पदमार्गको अनुभव बटुल्न एकल यात्रा गरेको उहाँले बताउनुभयो ।

    “मोओवादी जनुयुद्धकाताका छापामारले प्रयोग गर्ने मार्गलाई गुरिल्ला टे«लका रूपमा घोषणा गरिए पनि पूर्वाधार र प्रचारप्रसार अभावमा उक्त ट्रेल पछाडि परेको छ”, गुरुङले भन्नुभयो, “भौगोलिक विशिष्टता, प्राकृतिक सौन्दर्य, जनजातिको सघन बसोबास र तिनका संस्कृति, रहनसहन तथा स्थानीय उत्पादन गुरिल्ला ट्रेलका विशेषता हुन् ।”

    बागलुङको बुर्तिबाट सुरु भएको उहाँको ‘गुरिल्ला ट्रेल’को पदयात्रा ढोरपाटन, रुकुमपूर्वको पेल्मा, मैकोट, लुकुम हुँदै रोल्पाको थवाङ, जेलवाङलगायत ठाउँमा पुगेर सकिएको थियो । सडकको अतिक्रमणका कारण सङ्कटमा परेका पदमार्गको अवस्था देख्दा भने उहाँको मन पनि खिन्न हुन्छ । उहाँले वैकल्पिक पदमार्ग बनाउनुपर्ने धारणा राख्नुभयो । “नेपालमा आउनेमध्ये धेरै पर्यटक हिमाल आरोहण र पदयात्राका लागि आउँछन्”, गुरुङले भन्नुभयो, “पदमार्ग जोगाउन सकिएन भने पर्यटन पनि खस्कँदै जान्छ, विश्वमै चर्चित पदमार्ग पनि नामेट भएर जाने अवस्था आउँछ ।”

    उहाँले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउँछन् । “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङ भन्नुहुन्छ, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।” पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने उहाँले बताउनुभयो ।

    “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उहाँले भन्नुभयो, “आराम लिँदै हिँड्नुपर्छ, तलदेखि एकैपटकमा हिमाल र उच्च पहाडतिर जाँदा स्वास्थ्यमा जटिलता आउन सक्छ ।”

    रासस

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.