• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. संघीय संसद्को बैठक बस्दै

व्यावसायिक मौरीपालनमा रोङका किसान


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • इलाम २७ पुस 

    Advertisement

    इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

    रोङ –१ शिरिसेका पदम राईले आठवटा आधुनिक घार र १७ वटा परम्परागत मुडे घारमा मौरीपालन गर्नुभएको छ । उहाँले आधुनिक एक घार बराबर एकपटकमा दश केजी र एउटा मुडे घारबाट तीन केजी मह उत्पादन गर्दै आउनुभएको छ । वर्षमा दुईपटक मह काढ्ने गरेको उहाँले बताउनुभयो । “चैत, वैशाखमा र मङ्सिरमा गरी दुईपटक गरेर वर्षमा दुई क्विन्टल मह उत्पादन भइरहेको छ,” उहाँले भन्नुभयो, “स्थानीय बजारमा प्रतिकेजी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म मह बिक्री हुने गरेको छ ।”

    किसान राईले महभन्दा धेरै त मौरीको गोला बिक्री गर्नुहुन्छ । गोलालाई दुई हजारदेखि तीन हजार पर्ने र रानी मात्र लैजानेलाई एक हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो । गोला बिक्री गर्नेको मह कम उत्पादन हुने उहाँको भनाइ छ । उहाँसँग अनुदानमा पाएको आधुनिक घारमात्र भएकाले घार बिक्री गर्न पाउनुभएन तर मुडे घार चाहिँ चार हजार रुपैयाँमा धमाधम बिक्री भइरहेको उहाँ भनाइ थियो ।

    गाउँपालिकाले यहाँका किसानलाई गुणस्तरीय मह उत्पादन र घार व्यवस्थापन गर्ने तालिम दिएको छ । “अनुदानमा घार उपलब्ध गराएका छौँ, रोङ महमा दुई वर्षमा एक करोड हाराहारीको लगानी भएको छ,” गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, “वडावडामा मौरी सञ्जाल गठन गरेर, पालिकास्तरीय सञ्जाल बनाइसकेका छौँ । आगामी वर्षदेखि हनी बैङ्कको विकास गर्ने तयारी छ ।”

    ‘हनी बैङ्क’मा किसानले उत्पादन गरेका गुणस्तरीय मह सङ्कलन गरिन्छ । सङ्कलन भएको महको निश्चित प्रतिशत उत्पादनपश्चात् अनुदानको व्यवस्था गरिदिने गाउँपालिकाको योजना छ । “केलाई गुणस्तरीय मान्ने भन्नका लागि एप्लिकेसन तयार हुँदैछ, उक्त एप्लिकेसनमा मह उत्पादन गुणस्तरीय बनाउन किसानले पूरा गर्नुपर्ने सूचकहरु राखिएको हुनेछ,” अध्यक्ष स्याङ्बोले भन्नुभयो, “हनी बैङ्कमा आबद्ध बन्नका लागि साउनमै कृषकले आवेदन गर्नुपर्छ ।”

    बैङ्कमा सङ्कलन भएको महलाई बजारीकरणका लागि गाउँपालिकाले बजारीकरण गर्ने उहाँले बताउनुभयो । अहिले एक हजार आठ सयमा बिक्री भइरहेको मह पाँच हजार केजीमा बिक्री गर्ने तयारी गाउँपालिकाको छ ।

    “सहकारीलाई हनी बैङ्क व्यवस्थापनको जिम्मेवारी दिएर त्यसका लागि आवश्यक बीउ पूँजी कुनै बैङ्कमा सहुलियत कर्जाको व्यवस्था गरिदिन्छौँ र उक्त कर्जाको ब्याज गाउँपालिकाले तिरिदिन्छौँ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले सामुदायिक वनलाई मौरीको कार्यक्रम अनिवार्य गरेको छ । मौरीको कार्यक्रम बिना सामुदायिक वनको वार्षिक योजना स्वीकृत नै हुँदैन ।”

    मौरी पर्यावरणीय सन्तुलन कायम गर्ने यति महत्वपूर्ण प्रजातिमा पर्छ कि किसानको हकमा त यो परागसेचन उत्पादनसँग पनि यस्को महत्व जोडिन्छ । “प्रत्यक्ष हेर्दा मौरीपालनले महमात्र उत्पादन भएको देखिए पनि अप्रत्यक्ष रुपमा विषादी न्यूनीकरण, परागसेचन, इको सिस्टम, पर्यावरण आदिका लागि मौरीको महत्व रहन्छ । किसानलाई आम्दानीसँग जोड्न सकिन्छ । विषादी न्यूनीकरणमा उनीहरु नै अभियन्ताका रुपमा जन्मिन्छन् भने यसलाई कुनै पैसासँग तुलना गर्न सकिँदैन भन्ने यो परियोजनाको मेन थिम हो,” अध्यक्ष स्याङ्बोले भन्नुभयो ।

    पत्रकारिता छाडेर कृषि पेसालाई व्यावसायिक बनाउन सुरु गर्नुभएका शिरिसेका पदम राईलाई छिमेकी विष्णुप्रसाद बरालले मौरीपालनमा प्रोत्साहन गर्नुभएको रहेछ । “काका विष्णु प्रसादले त वर्षमा तीन क्विन्टल जति बनाउनु हुन्छ, सुरुमा यस क्षेत्रमा तालिम लिएर मौरीपालन सुरु गर्नुभएको उहाँले नै हो,” उहाँले भन्नुभयो ।

    वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गर्नुभएको छ । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका स्याङ्बोले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताउनुभयो । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उहाँले भन्नुभयो । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ ।

    अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्नुहुन्छ । ३० वटा आधुनिक घारमा मौरी पाल्नुभएका राईले व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताउनुभयो ।

    रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको हो । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ब्रान्ड बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति एक साताअघि बनाएको छ । सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरिएको छ । संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताउनुभयो । वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहनुभएको छ ।

    मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीय यस व्यवसायतर्फ आकर्षित भएका हुन् । सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए पालिकाले, दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएका थिए ।

    चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको उपाध्यक्ष भुजेले बताउनुभयो । अध्यक्ष स्याङ्बो भन्नुभयो, “विषादी न्यूनीकरणका लागि राज्यले गर्न खोजेका हरेक प्रयासहरु असफल भइरहेका छन् । औसतमा धेरै दीर्घरोेगीको सङ्ख्या बढेर गएको छ । यो अवस्थामा वातावरणीय सन्तुलन कायम राख्न सक्ने मौरीपालन हाम्रो प्रकृतिप्रतिको सम्मान पनि हो ।” महको प्रचलित मूल्यप्रति भने उहाँ असन्तुष्ट हुनुहुन्छ । महलाई प्रतिकेजी पाँच हजार बनाउने उहाँको लक्ष्य छ ।

    रासस

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.