• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढ्दै


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • मध्यविन्दु (नवलपरासी) १ माघ 

    Advertisement

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् ।

    सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताउनुभयो । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उहाँको भनाइ थियो । “तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ”, गुरुङले भन्नुभयो, “हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेका छ ।”

    देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले पाँच घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आउनुभएका खड्काले पहिलोपटक ८४ केजी मह उत्पादन भएको भन्दै दोस्रोपटक एक क्विन्टल २० केजी उत्पादन भएको जानकारी दिनुभयो । “पाँच घारबाट सुरु गरेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पु¥याएको छु । आम्दानी पनि मनग्य भएको छ । अर्काे वर्ष ५० घार बनाउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो ।

    देवचुली–९ का जस्मती रानाले मौरीपालन गर्न थालेको तीन वर्ष भयो । दुई घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले १५ घारमा पुगेको रानाले बताउनुभयो । “मौरीपालनबाट राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो”, उहाँले भन्नुभयो, “प्रतिकेजी रु सात सयका मह बिक्री हुन्छ ।”

    असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताउनुभयो । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले झन्डै दुई सय किसान मौरीपालन व्यवसायमा आबद्ध रहेका नेपाल मौरीपालक किसान महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले जानकारी दिनुभयो । “जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।”

    यो वर्ष जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढेकाले मह उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कँडेलले बताउनुभयो । उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको उहाँले बताउनुभयो ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको समस्या रहेको उहाँको भनाइ थियो ।

    “स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । दाङ, कपिलवस्तु, प्यूठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ”, कँडेलले भन्नुभयो । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको अध्यक्ष कँडेलको भनाइ थियो । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको किसान बताउँछन् । किसानले फूल खेती गर्न छाडेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.