गैँडाकोट १७ माघ
नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । विहान साढे ११ वजे ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिदा पौडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।




