• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

नगदे बाली फेर्दै किसान


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • महोत्तरी २४ माघ 

    Advertisement

    चार दशकअघि पुस÷माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर शाहीले बिर्सनुभएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरे पनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको शाही बताउनुहुन्छ ।

    “जुन गाउँबस्तीमा हे¥यो, बारनैबारन ! फाँटभरि सुर्र्तीका लहलहाउँदा बोट । अनि हिउँद लाग्यो कि सुर्र्तीका पात टिप्ने, पात फट्टा (भाटा) गाँथ्ने, सुर्र्तीको पात गाँथिएको फट्टा बारनघरमा झुण्ड्याउने र सात दिनपछि फट्टा निकाल्ने चटारो हुन्थ्योे”, लयमा हुने सुर्ती खेतीका काम सम्झँदै सोही बस्तीका रघु काफ्ले भन्नुहुन्छ, “देख्दादेख्दै जिल्लाको उत्तरी क्षेत्रका बस्तीपिच्छे देखिने बारनघर ढले, अब त सुर्र्ती खेती नै कतै गरेको देखिँदैन ।” समूहमा गरिने त्यो कामको रमाइलो शाही, काफ्ले र उहाँका पुस्ताका किसानलाई अझै सम्झना छ ।

    चार दशकअघिसम्म जिल्लाका उत्तरी क्षेत्रका हालका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका करिब एक सयभन्दा बढी बस्तीको मुख्य खेती नै भर्जिनिया सुर्र्ती थियो । समयक्रममा जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै बारनघरका लागि कोइला र दाउराको अभाव हुन थालेपछि घट्दै गएको यो खेतीको अहिले कतैै देखिदैन । भर्जिनियाँ सुर्र्ती खेती सुकेपछि किसानले केही समय सुकाउन बारनघर नचाहिने नाटु सुर्र्ती रोजे । केही वर्षमै जनकपुर चुरोट कारखानाले सुर्र्ती लिन छाडेपछि किसानले बाध्य भएर यो खेती पनि छाड्न प¥यो । त्यसपछि उखुखेतीमा पसेका किसानको पछिल्ला केही वर्षयतादेखि यसप्रतिको आकर्षण पनि घट्दै गएको देखिँदैछ ।

    एक दशकअघि महोत्तरीका गाउँ÷टोल जताततै देखिने उखुखेती पछिल्ला पाँच÷छ वर्षयता निकै पातलिएको छ । २०७० अघि केही वर्ष १८ हजार बिघासम्म गरिने उखुखेती त्यसयता घट्दै गएर पाँच हजार बिघामा झ¥यो । पछिल्ला दुई वर्षयता फेरि उखु खेती अलिअलि बढ्दै गएर यसपालि सात हजार बिघामा पुगेको छ ।

    जिल्लामा केही वर्षअघिसम्म करिब १८ हजार बिघासम्म पुगेको उखुखेती यसपालि आइपुग्दा सात हजार बिघाको आसपासमा झरेको छ । अहिलेको सात हजार बिघा पनि पछिल्ला तीन वर्षयता भुक्तानी सहज बनेपछि बढेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ । “तीन वर्षअघि त उखुखेती पाँच हजार बिघामा झरेको थियो, पछिल्ला वर्षमा क्रमशः बढ्दै गएको हो” कुशवाहा भन्नुहुन्छ, “चिनी उद्योगले भुक्तानी अलि सहज बनाए पनि फसलको मूल्य निर्धारण समयमा नहुँदा किसानको जाँगर मरेको छ ।” किसान यसको विकल्प के होला भनेर घोत्लिन थालेको कुशवाहा बताउनुहुन्छ ।

    उखुमात्र नभएर पछिल्ला तीन÷चार दशकभित्रको विगत हेर्दा किसानले चाँडचाँडै खेती फेर्दै आएका छन् । खासमा गहुँ, धान, मकैलगायतका अन्नबाली लगाइने क्षेत्रफल धेरै घटबढ नभए पनि नगदे खेती भने फेरिदै आएको यहाँका पाका किसान बताउँछन् । नगदे खेती मुख्य व्यवसाय हुने महोत्तरीका किसान भरपर्दो परिवेश नमिल्दा बराबर खेती फेर्ने गर्छन् । उद्योगमा देखिएको उतारचढाव, खेतीमा पर्ने प्रकोप र लागत असरले यहाँका किसान यसो गर्दा पो होला कि भन्ने आशमा केही वर्षभित्रै नगदे खेती फेर्नु परेको बताउँछन् । एउटै किसानको जीवनमा कैयौँ पटक नगदे खेती फेरिएका अनुभव छन् ।

    अहिले उमेरले ६० नाघ्नु भएका भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले किसानी जीवनका थुप्रै उतारचढाव आफैँले भोग्नुभएको छ । पछिल्ला १५ वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुरु गर्नुभएका यादवले समयसमयमा मौसमको प्रतिकूलता भए पनि अझै हरेस खानुभएको छैन । यसमै आफूलाई घोटी रहनुभएको छ तर मौसमीय प्रतिकूलता र विभिन्न थरिका किराको प्रकोपले तरकारी खेतीको लागत बढ्दै गएपछि अब के गर्ने भन्ने चिन्ताले यादवलाई छोएको छ । पछिल्ला चार÷पाँच वर्षयता यादवले अन्नबाली बढाउँदै लगिएको बताउनुभयो ।

    यसैगरी बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवका पनि खेतीपातीभित्रका तीतामीठा अनुभव छन् । पाँच दशकदेखि निरन्तर खेतीमा डोरिनुभएका विन्देश्वरले आफ्नै जीवनमा भर्जिनियाँ सुर्र्ती, उखुपछि तरकारी खेतीमा हात हाल्नुभएको छ । पछिल्ला करिब दुई दशकदेखि विन्देश्वरको दैनिकी तरकारीका बोट, लहरा सहलाउँदै बित्दैछ ।

    सात बिघामध्ये तीन बिघा जग्गामा तरकारी खेती गर्दै आउनु भएका विन्देश्वरको जग्गामा अहिले आलु, कोवी, भाण्टा, खोर्सानी र लहरे तरकारी (लौका, फर्सी, घिरौँला, करेला, झिमनी आदि) मुख्य तरकारी बाली हुन् । अब पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने उहाँ अब त विषादीले पनि किरा चिन्न छाडेको उहाँ बताउनुहुन्छ ।

    मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप बढी हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरिका किरा र रोगले हतो हैरान नै पारेका छन् ।” पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै पछिल्ला वर्षहरुमा क्रमशः समयमा पानी नपर्ने, कहिले कुसमयमै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखुखेती हुँदै अहिले तरकारी खेतीमा लागेको विन्देश्वरको भनाइ छ । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षहरुमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको उहाँको भनाइ छ ।

    विन्देश्वरका समवयी अरु किसान पनि पुराना अनुभव सम्झँदै अब पहिलेजस्तो महिना र मौसमको पात्रो मिल्न छाडेको बताउँछन् । “हेर्नोस् न, असार १५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि”, बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतोले भन्नुभयो, “बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगब्याधी पनि लाग्दैनथ्यो, पछिल्ला १५÷२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ हाल्नु परिरहेको छ ।”

    “न पहिलेका पानीका मुहान छन्, न झिल (पानीका दह)मा पानी छ, न त वनज्गल छ”, भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्नुहुन्छ । फँुयालजस्तै उहाँका समवयी सोही बस्तीका उत्तिमलाल पासवानको पनि उस्तै चिन्ता छ । पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल र दुम्सी आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको थप गुनासो छ ।

    जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ ।

    पछिल्लो समय जलवायु परिवर्तनको कारण गरिब किसान बढी प्रभावित भएका छन् । यादव भन्नुहुन्छ, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रासायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.