• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • भजनी (कैलाली) ११ फागुन 

    Advertisement

    राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।

    एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

    “बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव हँुदैन । यसअघि शीत भण्डारमा लगेर राख्दा निकै महँगो हुने गरेको थियो”, उहाँले भन्नुभयो, “टीकापुरमै शीत भण्डार निर्माण भएपछि यहाँका किसानलाई फाइदा पुग्नेछ ।” योसँगै उत्पादन भएका तरकारीले राम्रो बजार पाउने विश्वास बढेको उहाँको भनाइ थियो ।

    टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताउनुभयो । “सिजनमा ३०-३५ क्विन्टल आलु उत्पादन हुन्छ । प्याज पनि त्यस्तै उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुन्छ । शीत भण्डारमा भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिन्छ ।”

    एक हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाईले गर्ने जनाएको छ ।

    टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्नेछन् । करिब रु सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिनुभयो ।

    ”यस आयोजनामा अधिकांश किसानको लगानी रहेको छ । किसानको लगत सहभागितामा शीत भण्डार निर्माण हुँदा त्यसको बढीभन्दा बढी फाइदा किसानले लिन सक्छन्”, अध्यक्ष शाहीले भन्नुभयो, “अधिकांश किसानको लगानी भएकाले यसको संरक्षण र सम्बर्द्धनमा किसान स्वयमं अग्रसर रहन्छन् ।” उहाँका अनुसार शीत भण्डारमा केही कृषि सहकारीले पनि शेयर लगानी गरेका छन् ।

    किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष इकाईले विनियोजन गर्दै आएको करिब रु छ करोड बजेत फ्रिज जाने गरेको थियो ।

    अहिले किसानको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले बताउनुभयो । “शीत भण्डारको ठेक्का सम्झौता भइसकेको छ । विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसक्नु भएको छ”, उहाँले भन्नुभयो, “अनुगमनबाट आएको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।”

    प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीत भण्डार निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शीत भण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उहाँको भनाइ थियो ।

    “राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण गर्नेछ”, प्रमुख चौधरीले भन्नुभयो, “किसानले मौसममा उत्पादन गरेका वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्नेछ ।”

    किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो ।

    “हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौँ लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला पालिकाले किसानलाई उत्साहित बनाउने कार्यक्रम ल्याएको हो ।”

    उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिनुभयो । “टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या थियो”, उहाँले भन्नुभयो, “शीत भण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जानेछ ।”

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.