• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • गलकोट (बागलुङ)९ चैत

    Advertisement

    ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ ।

    कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ ।

    सामान्य उज्यालोका लाइट जोडिएको भए पनि जङ्गलमा हावाहुरी लाग्दा विद्युत् अवरुद्ध हुने भएकाले चैते दसैँदेखि सुुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतीकरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

    “चैते दसैँ यहाँको ऐतिहासिक मेला हो, चैते दसैँका अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजन आउने गर्दछन्, भक्तजनको आगमनलाई दृष्टिगत गर्दै अत्याधुनिक सिसी क्यामेरा जडान गर्ने, भक्तजनको सङ्ख्या गणना गर्ने क्यामेरा जडान गर्ने कार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिरसम्मको एक किमी पदमार्गमा विद्युतीकरण गर्न थालेका छौँ, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न रङका बत्तीले रातको समयमा समेत पर्यटकहरुलाई थप आकर्षित गर्ने लक्ष्य लिइएको छ ।”

    कालिका मन्दिर परिसरका रुखमा लिपपोतस गरिएको उहाँको भनाइ छ । कालिका मन्दिरमा आउने भक्तजनको भीडलाई दृष्टिगत गर्दै सिसी क्यामेरा जडान भइसकेको छ । चैत दसैँका अवसरमा बागलुङमा आयोजना गरिने चैते दसैँ मेलाले स्थानीय सामग्रीको व्यापारमा ठूलो राहत दिँदै आएको छ । चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैते दसैँ मेलामा सर्वाधिक पुरस्कार राशिको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगितालगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ ।

    गण्डकी प्रदेशको उत्कृष्ट धार्मिकस्थलका रुपमा रहेको कालिका मन्दिरमा यस पटक चैत्राष्टमी मेला एक हप्तासम्म मनाउन थालिएको र त्यसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो ।

    ‘गन्तव्य बागलुङ कालिका ः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैते दसैँ मेलाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । मेलाका अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

    बागलुङ सदरमुकाममा तीन सय वर्षदेखि चल्दै आएको चैते दसैँ मेलामा बर्सेनि पाँच लाख धार्मिक पर्यटक भित्रिँदै आएका छन् । चैते दसैँका अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौँको सङ्ख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दसैँ मेलामा विगतभन्दा यस वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताउनुभयो ।

    उपसमिति गठन

    ऐतिहासिक चैते दसैँ मेला भव्यरूपमा सफल बनाउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्कालाई भलिबल संयोजक, उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयोजक, कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल र स्वयंसेवक संयोजक, विद्या खड्का तथा गीता खड्कालाई अतिथि सत्कार संयोजक, ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयोजक, राजेन्द्र शाक्यलाई रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापा मन्दिर पूजा संयोजक, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीलाई प्रचारप्रसार संयोजक तथा कानुनी सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र दोस्रो हुने टोलीलाई नगद रु एक लाख र तेस्रो हुनेलाइ रु ५० हजार तथा उत्कृष्ट स्वर हुने महिला र पुरुष तथा उत्कृष्ट वेशभूषा महिला र पुरुषलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने कालिका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

    यसैगरी, सर्वाधिक राशिको कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख, दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई रु एक लाख, सर्वाेकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने छ ।

    अन्तर माविस्तरीय कक्षा १० सम्मका सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु २० हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुने लाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार रु दुई हजार पाँच सय रहेको छ । यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने भएको छ ।

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.