गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा विहिबार आयोजित एक भव्य कार्यक्रममा गैँडाकोट नगरपालिकालाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली ले राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा गैँडाकोट नगरपालिकालाई सम्मानपत्रले उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्नुभएको हो । गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले संयुक्तरुपमा पुरस्कार ग्रहण गर्नुभएको गैँडाकोट नगरपालिकाले जनाएको छ ।
स्थानीय आर्थिक विकास र शुसासनको क्षेत्रमा प्रभावकारीरुपमा कार्यसम्पादन गरेको भन्दै गैँडाकोट नगरपालिका सहित ठाकुरद्धारा नगरपालिका बर्दिया, सिद्धार्थनगर नगरपालिका रुपन्देही, कलैया उपमहानगरपालिका बारा र मध्यपुर ठिमी नगरपालिका भक्तपुरलाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ९ओली०, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटा र नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा लेखिएको छ – आर्थिक वर्ष २०८०।८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेकोले सोको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवशको उपलक्ष्यमा गैँडाकोट नगरपालिका, नवलपुर गण्डकी प्रदेशलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ ९ःगलष्अष्उब िभ्हअभििभलअभ ब्धबचम० स्वरुप पुरस्कार प्रदान गरिएको छ ।
गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरपालिकाले पाएको अर्वाड सबै नगरवासीहरुको अवार्ड भएको बताउनुभयो । स्थानीय सरकारले नागरिकको मर्मअनुसार काम गरेकोले आज नगरपालिका पुरस्कृत भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नेपाल नगरपालिका संघले प्रदान गरेको उत्कृष्ट नगरपालिका पुरस्कारले आफुहरुमा उत्साह र चुनौती दुवै थपिएको बताउनुभयो । हामिलाई यो अवार्डले उत्साहित त बनाएको छ नै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने चुनौती समेत थपिएको छ , खनालले भन्नुभयो ।




