काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पिसाबको संक्रमण शरीरभरि फैलिँदै गएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।




