काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० कायम भएको छ।
बुधबार सुनको मुल्य २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर ३ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदीको मुल्य ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।




