काठमाडौं । अबदेखि काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू भएको छ।
काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ यो नयाँ व्यवस्था लागू गरेको हो।
यस व्यवस्थाअन्तर्गत लामो दूरीका सवारी साधनले सडक किनारामा जथाभावी यात्रु चढाउने वा ओराल्ने अनुमति पाउने छैनन्। विगतमा सडकमा रोक्ने क्रममा विशेषगरी ‘पिक आवर’ समयमा जाम बढिरहेको स्थिति सुधार गर्न यस कदम उठाइएको हो।




