काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक बस्दैछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीको क्रममा छलफल गर्न अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेकाे बैठकमा राजनीतिक दल, जेनजीका प्रतिनिधिहरू, सुरक्षा निकायहरू र निर्वाचन आयोगको पनि उपस्थिति रहनेछ।
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसकेन्द्रित दलहरूले पनि चुनावी गतिविधिहरू अगाडि बढाएका छन्।




