काठमाडाैं । आज सोमबार सुनको भाउ तोलामा ७ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।




